हेटौँडा,३१ साउन –
काठमाडौँ सडकखण्डअन्तर्गतको इन्द्रसरोवर गाउँपालिकामा सुक्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
भिमफेदी गाउँपालिकाको लामिडाँडा नजिकै ढुङ्गा र रुख खसेर त्रिभुवन राजपथमा पनि यातायात बन्द भएको छ।
प्रहरीका अनुसार दुवै स्थानमा पहिरो पन्छाउन डोजर प्रयोग भइरहेको छ।
हेटौँडा । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । हेटौँडा–फाखेल–दक्षिणकाली काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान ९ः ३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ । रासस








