काठमाडौं, साउन ३०-
सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।
गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो ।






