काठमाडौँ, २८ साउन :
चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।