काठमाडौं, साउन २७
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।
पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो।
सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्।







