Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ९. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

  • १०. झापामा बालेनका लागि खोजियो घर

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’

बलेवा (बागलुङ), साउन २७-
काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ ।

अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भन्नुभयो, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।” अत्यावश्यक भए पनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

बाँदरले नखाएकाले कँडेलजस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताउनुभयो । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताउनुभयो । “भैँसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाइँदैन”, उहाँले भन्नुभयो, “बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर पकाएको खानासमेत खाइदिए ।”

काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न खेतीपातीमा परिवर्तन गरेको बताउनुभयो ।

किसानले सुन्तला भने लगाएका छन् । दसैँतिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकाले सुन्तलाखेती गरेको किसानले बताए । सुन्तलाबाट वर्षमा लाखौँ कमाई गर्ने किसान बिहुँमा छन् । “यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौँ, तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ”, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भन्नुभयो, “बजारीकरणमा सक्दो सहयोग गर्नेछौँ ।” बाँदर आतङ्ककै कारण बाली नलगाउनेभन्दा संरक्षणमा ध्यान दिनेगरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ ।

गाईभैँसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु पाँच अनुदान दिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । “नश्ल सुधार गरिएका भैँसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निरास हुनबाट बचाउने प्रयास गरेका छौँ”, सापकोटाले भन्नुभयो, “बाँदरको स्थायी समाधान नभए पनि पशुपालनमा भने किसानको आर्कषण छ ।”

बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्र्याउन बाँदर आतङ्कले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाउनुभयो । उहाँले त सुन्तलासमेत जोगाउन नसकेको गुनासो गर्नुभयो । “हेरालो राखेर पनि नसकिने रहेछ, बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भइसक्यो”, बाँदरबाट बाली जोगाउन राज्यले पहल गर्नुपर्ने बताउनुयभो ।

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । काठेखोला गाउँपालिका–५ कै करलिम बस्ती पनि रित्तोजस्तै भइसकेको हो ।

पेसा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकाले नाफा कमाउन नसकिने कँडेलले बताउनुभयो । “एउटै भैँसीलाई रु दुई लाखसम्म पर्छ, दु्ई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन”, उहाँले भन्नुभयो । गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उहाँको गुनासो छ । किसानले दूधमा उचित बजार पनि नपाएको गुनासो गर्नुभयो ।

वैकल्पिक बाटो रोजेका किसानलाई उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकीकरणमा साथ दिने सापकोटाले बताउनुभयो । अवस्थाअनुसारको उत्पादन गरेर आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उहाँले बताउनुभयो । दूधको मूल्य बढाउनेबारेमा भने अहिले निर्णय नभएको उहाँको भनाइ छ । मकैको साटो साइलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ ।

जैमिनी–८ का रघुनाथ पौडेलले पनि परम्परागत खेती छाडेर मौरी र भैँसी पाल्न थाल्नुभएको छ । बजार टाढा भएकाले दूध समयमा पठाउन उहाँलाई सास्ती छ । तर पनि खेती जोगाउन नसकेपछि पौडेलले बारीमा घाँस लगाउनुभएको छ । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
एसईई चैत १९ देखि २९ सम्म

ताजा समाचार

सबै

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

एसईई चैत १९ देखि २९ सम्म

नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.