काठमाडौँ, २३ साउनः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध ३२ लाख बढीले हस्ताक्षर गरेको दाबी गरेको छ ।
शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा हस्ताक्षर अभियानका प्रमुख दीपक बोहोराले रिपोर्टिङका क्रममा आजसम्म ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरेको जानकारी गराएका हुन् ।
यस्तै सहयोग रकम ६२ लाख १६ हजार ६६९ रुपैयाँ उठको प्रवक्ता मनिष झाले जानकारी दिए ।