गुल्मी,२० साउन –
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ ।
उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।






