नवलपुर, साउन १८
नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ ।
कावासोतीबाट नारायणगढ आउँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार ३० जना मध्ये १५ जना घाइते भएको र उनीहरुको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज भरतपुुर चितवन पठाइएको नवलपपुर प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।