काठमाडौं ,१८ साउन-
प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।
उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।






