१५ साउन, काठमाडौं ।
बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ४ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै बिहीबार नेपाली बजारमा पनि घटेको हो ।
चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेकोमा आज २२७० रुपैयाँमा झरेको छ ।