काठमाडौँ , १४ साउन
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






