१२ साउन, काठमाडौं
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पानजिक भण्डास विप्पर कटेरीको हायू परिवारकी एक सदस्य प्रहरीको सम्पर्कमा आएकी छिन् ।
५२ वर्षीया उर्मिला हायूकी छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् ।
यसअघि हराएको सूचीमा रहेकी माइली छोरी सुजाता र ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार सुजाता र आयुष केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए ।






