Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • १०. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

काठमाडौँ,साउन ११-
गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धुञ्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडकमार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित सुरक्षा संयन्त्रबाट जनैपूर्णिमाको अवसरमा हुने भक्तजन एवं तीर्थयात्रीको चापलाईसमेत दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त भएकाले निर्धक्क भई मेला भर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भोटेकोशीमा अप्रत्यासित रुपमा असार महिनामा आएको बाढीले उत्तरतर्फ करिब ३० किलोमिटर टाढाको रसुवागढी क्षेत्रमा धनजनको अपूरणीय क्षति भएको घटनालाई जोडेर पूरै रसुवा जिल्ला नै बाढीले प्रभावित भएको भन्ने अफवाह फैलाइएकोमा दुःख व्यक्त गर्दै सदरमुकाम धुञ्चेसहित गोसाइँकुण्डसम्म जाने बाटोमा कहीकेही नभएको स्पष्ट गर्नुभयो ।

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीलाई जिम्मेवारी बोधसहित आवश्यक सहयोग एवं स्वागत गर्न जिल्ला प्रशासन कार्यालय, निकुञ्ज कार्यालय र अस्पालतसहित स्थानीय स्वास्थ्यचौकी, गाउँपालिकाको कार्यालय, नागरिक समाज, धार्मिक तथा पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था स्वस्फूर्तरुपमा आँतुर देखिएकाले ढुक्क हुन उहाँले अनुरोध गर्नुभयो ।

प्रजिअ पौडेलले गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि, तीर्थस्थलसम्म सुरक्षाको विशेष व्यवस्था मिलाइ सकिएको जानकारी दिँदै भयरहित वातावरणमा यात्रा गर्न अनुरोध गर्नुभयो ।

समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड जानेक्रममा ‘लेक’ लाग्नसक्ने समस्याबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिँदै कथंकदाचित स्वास्थ्य, सुरक्षालगायत कुनै पनि समस्या देखिए स्थानीय सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइ सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बद्ध यातायात व्यवसायी र होटल तथा ‘लज’ सञ्चालकबाट बढी रकम लिएको भन्ने जस्तो लागेमा तत्काल जानकारी दिन अनुरोध गर्दै सामान्य अवस्थाको जस्तै निर्धारित सेवाशुल्क लिन र तीर्थयात्रीलाई राम्रो व्यवहार गर्न होटल तथा यातायात व्यवसायीसँग अनुरोध गरेको छ ।

यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदलयात्राका क्रममा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखेको र यसअघि जस्तै उकालो हिँड्न गाह्रो हुनेहरूका लागि वाहनका रुपमा ‘घोडा’ को समेत व्यवस्था गरेका समितिले स्पष्ट गरेको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास सामितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पु¥याएको, पृथ्वीराजमार्गको गल्छीसहित काठमाडौँदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थमार्ग सुरक्षित रहेको छ ।

सनातन हिन्दूधर्म संस्कृति अनुसार यही साउन शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले एकैसाथ सम्पूर्ण देवदेवताको दर्शन मिल्ने र सबै मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । सोही धार्मिक आस्था र विश्वासका आधारमा हरेक वर्ष जनैपूर्णिमा पर्वका अवसरमा हजारौँ भक्तजन त्यसतर्फ जाने गर्दछन् ।

यसवर्ष यही साउन २४ गते जनैपूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, गोसाइँकुण्ड क्षेत्रविकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय आवश्यक तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ ।

बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपनीको धारा, सडक बत्ती, फोहर व्यवस्थापन, कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने, ठाउँठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी परेकालाई उद्धारलगायतका व्यवस्थापकीय कार्य क्रमशः अघि बढाइने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । विगत २५ वर्षदेखि गोसाइँकुण्डमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले ‘पुत्रदा एकादशी’देखि जनैपूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्वता जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यसवर्ष छ जना एमबिबिएस चिकित्सकसहित सातजना स्वस्थ्यकर्मी सम्मिलित समूहलेमाथि गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरका अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना रेडक्रस समेतका निकायले उँभोलाग्ने क्रममा बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्धमन्दिर लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

सामितिका अध्यक्ष सञ्जीव डिएमले काठमाडौँको बालाजुदेखि धुञ्चेसम्मको एक सय २० किलोमिटर सडकयात्राका क्रममा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदलयात्रापछि सहजरुपमा गोसाइँकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थ यात्रामा आउन सबैसँग अनुरोध गर्नुभयो ।

जनैपूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य चिकित्सक, होटल व्यवसायी, जिल्लास्थित सुरक्षा अङ्गका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायी समेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल भई सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ ।

यसवर्ष १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ आवश्यक गरिएको छ । गोसाइकुण्ड जाँदा पूजाको लागि तामाको दियो, एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता रहेको पुरोहित टङ्ङ्प्रसाद ढकाल बताउनुहुन्छ ।

गोसइँकुण्ड जाँदा बाँसको लठ्ठी मात्र प्रयोग गर्न र कुनैपनि वनस्पति नमास्न र विसर्जन गर्नुपर्ने फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले सबैसँग अनुरोध गरेको छ । यस्तै गोसाइँकुण्डमा नुहाएका बस्त्रसमेत नछोड्न र यदि छोड्नै परे ‘डम्फिङ साइट’मा मात्र फ्याँक्न निकुञ्जले सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।

पार्वतीकुण्ड संरक्षण अभियान्ता मि लामा गोसाइँकुण्ड पुगेर महादेवको दर्शन गरेपछि रसुवाकै गत्लाङको सिरानमा अवस्थित पार्वती माताको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले सडक बाटो प्रयोग गरी पार्वतीकुण्डसम्म आई पुण्यआर्जन गर्नुहुन अनुरोध गर्नुहुन्छ । धुञ्चेबाट स्याफ्रुबेँसी, कोमेन, गोल्जुङ, गोदाम हुँदै सोम्दाङ जाने सडकबाट तीन घण्टामै पार्वतीकुण्ड पुग्नसकिने अभियान्ता लामाले जानकारी दिनुभयो । रासस

Chitwan Aaja चितवन आज
आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.