Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०९, २०८२
☰
Logo शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • ८. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

काठमाडौँ, साउनः११ –
यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाड्नुभयो ।

मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र रु विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ््दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठान्नुभएन ।

जब उहाँ मेलापात सकेर घर फर्किनुभयो, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देख्नुभयो । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उहाँले फोन उठाउनुभयो । फोन काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उहाँको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए । उहाँले सबै जवाफ दिनुभयो ।

एनसेलका प्रतिनिधिले उहाँलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोध्नुभयो । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाउनुभयो । कार्कीले पछि मिलाएर आउँछु भन्नुभयो । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौँमा सम्पर्क गर्न भनियो ।

“पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ”, उहाँले भन्नुभयो, “सुरुमा पुरस्कार प¥यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।”

तर जब काठमाडौँमा रहेका देवरले भनेपछि राम्र्रो उपहार परेको हो की भन्ने भयो । देवरले एकपटक काठमाडौँ आउनुहुन्छ त भनेपछि मात्र उहाँलाई साँच्चिकै पुरस्कार हो की भन्ने भयो ।

उहाँ मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौँका लागि गाडी चढ्नुभयो । भोलिपल्ट बिहान उहाँ छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुग्नुभयो ।

“एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन”, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उहाँले भन्नुभयो, “अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।”

कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उहाँको झण्डै आठ वर्षअघिको हो । “स्थानीय आरुघाटस्थित बजारमा सात÷आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “आज त्यही प्याकले रु एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।”

उहाँको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उहाँको मनमा अझै ताजै छ । श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ ।

यद्यपि भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । “कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ”, उहाँले भन्नुभयो । उहाँको जीवनमा ब्रजपात त तब प¥यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । विसं २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु प¥यो ।

धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा हाल उहाँको सानो घर छ । विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि महिला स्वयंसेविकाका रुपमा थोरै भए पनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउनुहुन्छ ।

गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उहाँले स्कुल जान छाड्नुभएको हो । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लाग्नुभएपछि घर सम्हालने जिम्मा उहाँको काँधमा आयो ।

खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउनुहुन्थ्यो । त्यही रकमले घरखर्च चलाउनुहुन्थ्यो उहाँ । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र रु कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उहाँले श्रीमान्लाई देशमै जागिर गर्र्न सुझाव दिनुभयो ।

“विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु ग¥यौँ”, उहाँले विगत सम्झिँदै सुनाउनुभयो । तर भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो ।

ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । रु नौ लाखमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुग्नुभयो । तर त्यहाँ पनि भने जस्तो काम पाउनुभएन । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै हुनुहुन्छ । “दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

बहराइनमा श्रीमान्को शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा रु १५÷२० हजार पठाइरहनुहुन्छ । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उहाँले बताउनुभयो ।

एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उहाँको खातामा आइसकेको छ । यो रकम उहाँका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उहाँको विश्वास छ ।

प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उहाँ खुसी हुनुहुन्छ । “यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन”, उहाँले भन्नुभयो ।

ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । “यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं”, उहाँ भन्नुहन्छ । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ ।रासस

Chitwan Aaja चितवन आज
आइतबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

ताजा समाचार

सबै

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

बाजुरामा बाटोमा लडेर एकको मृत्यु

सुनको मूल्य ३ लाख नाघ्यो

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.