काठमाडौं, साउन ९-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसैले चाहँदैमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् ।
‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भनेकी छिन् ।
उनले विधिअनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारिन् ।