काठमाडौं, साउन ८
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा २४ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






