काठमाडौँ, ३ साउनः
नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै यो ०८४ सालसम्म कायम रहने बताएका छन् ।
शनिबार (साउन ३) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुने ठोकुवा गरे ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने उनले टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उनले जिकिर गरे ।