सिमकोट, (हुम्ला), २ साउन :
यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।
सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ ।
घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।






