२ साउन, काठमाडौं ।
स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार प्याजको भाउमा गिरावट आएको देखाएको हो ।
आज शुक्रबार कालीमाटी बजारमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । बिहीबार प्याज प्रतिकिलो ४७ देखि ४८ रूपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्याज प्रतिकिलो ४४ देखि ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आइतबार ४५ देखि ४७ रुपैयाँमा किनबेच भएको प्याज सोमबार ४४ देखि ४६ रुपैयाँ थियो । मंगलबार स्थिर रहेको प्याजको भाउ बुधबार भने प्रतिकिलो १ रुपैयाँले बढेर ४५ देखि ४७ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।