काठमाडौं,साउन १-
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
कतिपयले केपी शर्मा ओलीकै चाहनामा भण्डारी अघि बढेको हुन सक्ने आकलन गरिरहेका बेला ओलीले त्यसलाई खण्डन गर्दै भनेका छन्– अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । ठानेको छैन । पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो ।” उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा प्रवेश गर्ने कुरालाई पार्टीले उपयुक्त समयमा निर्णय गर्ने बताए ।