Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ७. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

आजबाट चतुर्मास व्रत आरम्भ, शुभकार्य गर्न वर्जित

काठमाडौँ असार २२

आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

यसै दिनदेखि चौमासा व्रतको सुरुवात हुन्छ । चातुर्मास्यव्रत वैष्णव, शैव सबै सम्प्रदायका मानिसले गर्नुपर्दछ । व्रतारम्भ गरेपछि तलका मन्त्रले भगवान् चक्रपाणिको महापूजा गर्नुपर्दछ ।

सुप्ते त्वयि जगन्नाथे जगत् सुप्तं भवेदिदम् ।
विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत ।।

‘हे जगदीश्वर, हरिशयनी एकादशीमा हजुरले शेषशय्यामा शयन आरम्भ गर्नुभएपछि यो सम्पूर्ण संसार निद्रा मग्न हुन्छ । हजुर हरिबोधिनीमा जाग्नुहुँदा यो संसार पनि जागा हुन्छ । हे भगवान् । हजुर प्रसन्न हुनुहोस् । मैले यी चार महिना नियमपूर्वक व्रत गर्नेछु । हजुरले मेरो व्रतलाई निर्विघ्न तुल्याउनुहोस्’ भनी प्रार्थना गर्नुपर्दछ ।

यसरी व्रत लिने मानिसले श्रावणमा साग, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दुई दल हुने पदार्थको सेवन गर्नुहुँदैन । भगवान् शयनमुद्रामा रहनुहुने चतुर्मासमा भक्तिमान् व्यक्तिले ज्यामिर, राजमा, रातो मूला, कुभिन्डो र उखुको सेवन गर्न हुँदैन, पलङ, बेन्च आदिमा शयन गर्न हुँदैन र ऋतुकालबाहेकका दिनहरूमा सम्भोग गर्न हुँदैन ।

मांस, मधु, अरूले पकाएको भोजन, परवर, मूला, भन्टा, अभक्षपदार्थ, मसूरो, सेतो सस्यु, राजमा, माष, सामाधान (जङ्गली धान) जस्ता पदार्थको सेवन गर्न हुँदैन । व्रतीले चतुर्मासाभरि ब्रह्मचर्यधारण गर्नुपर्दछ । शौचको पालन गर्नुपर्दछ । सत्यभाषण र सत्यव्यवहार गर्नुपर्दछ । मासु र आमिषपदार्थको सेवन गर्न हुँदैन । यसरी निषिद्ध पदार्थहरूको सेवन नगरीकन हविष्यान्नसेवन गर्दै जसले चतुर्मासाको व्रत गर्दछ त्यसले हरिकृपा प्राप्त गर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ ।

चतुर्मासमा सख्खरको त्याग गर्दा मानिस त्यागी बन्दछ र मिठो स्वरको धनी हुन्छ । तोरीको तेल त्याग गर्दा सत्रुनाश हुन्छ । योगभ्यास गर्नाले ब्रहपद प्राप्त हुन्छ । पात तथा सुपारी त्याग गर्नाले भोग प्राप्त हुन्छ र माधुर्य पैदा हुन्छ । घिउको त्याग गर्नाले शरीरमा सौन्दर्य वृद्धि हुन्छ र शरीरमा चिल्लोपन प्रकट हुन्छ ।

सागपात र पाकेको फल सेवन गर्नाले भोगी बन्दछ भने निषिद्ध पदार्थको सेवन नगरी सात्त्विक पदार्थको सेवन गर्ने मानिस निर्मल बन्दछ । भुईँमा शयन गर्ने मानिस उत्तम मुनी बन्दछ । एकान्त र उपबास गर्ने मानिसले ब्रहलोक प्राप्त गर्दछ । मौनव्रत धारण गर्ने मानिसको आज्ञा कसैले भङ्ग गर्दैनन् । तीन दिनमा एक पदक भोजन गर्ने मानिस कल्पकालसम्म स्वर्गमा वास गर्दछ । टपरी वा पातमा भोजन गर्ने मानिसले कुरुक्षेत्रमा नुहाएको फल प्राप्त गर्दछ ।

यी सबै किसिमका व्रत र त्याग गर्ने मानिसका शरीर, इन्द्रिय र मनबाट भएका कल्मस (कुकर्म)हरु नष्ट भई व्रत गर्ने मानिसको आत्मा चहकिलो हुने कुरा शास्त्रमा बताईएकोछ । चतुर्मास पुन्यकाल भएकोले यसबेला गरिने व्रतको ज्यादै महत्त्व छ ।

यी चार महिनामा भगवान् विष्णु क्षीर सागरमा शयन गर्नु हुने भएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगाएत अन्य शुभ कार्य गरिँदैन । धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्राकाल मानिन्छ । यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् ।

यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी)का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान् विष्णुको पूजा तथा आराधना गरिन्छ ।

आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ । यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पहेलै दोसल्लाले सजाउने काम हुन्छ ।

पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप, दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ ।

यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नु पर्छ । तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मन्दिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ ।

यस दिन परिवारमा महिलाहरू पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि–विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन्, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् ।

Chitwan Aaja चितवन आज
आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसबाट निकालिएपछि गगनले के भने ?
मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

ताजा समाचार

सबै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.