काठमाडौँ, असार १८ ।
नेकपा (एकीकृत समाजवादी)ले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको र प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यक निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए ।