काठमाडौं,असार १६-
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) अनुसार दोषी ठहर गर्दै ८ वर्ष कैद र राष्ट्रसेवकको हैसियतले थप १० प्रतिशत अर्थात् ३ महिना १० दिन कैद सजाय तोकेको हो।
साथै, अदालतले उनलाई बिगोको दोब्बर अर्थात २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना समेत तिराउने फैसला गरेको छ।







