Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ७. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ८. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

विद्यार्थीलाई पढाईसँगै सिप

काठमाडौँ, असार १४ –
बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।
“घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हासिल गरेपछि भविष्यमा काम नपाएर बेरोजगार हुनुपर्ला भन्ने चिन्ता हटेको छ,” उहाँले भन्नुभयो “आधारभूत सिपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सकिन्छ ।”
बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका १९ जना विद्यार्थीलाई २० दिनसम्म घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको थियो ।
बेनी–८ कालीपुलमा रहेको बालमन्दिर माविको कक्षा ९ का विद्यार्थी आस्विम किसान ४ बजे विद्यालय छुट्टी भएपछि थप दुई घण्टा पलम्बीङसम्बन्धी सिप सिकेर छ बजे घर जानुहुन्छ ।
आस्मिनजस्तै कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीले उनिहरुको रुचीअनुसार २१ दिने पलम्बीङसम्बन्धी सिप सिकिरहेका छन् । खानेपानीको पाइपलाइन तान्ने, जमिनमा गाड्ने, जोड्ने, धारा, भान्छाकोठा, शौचालय, शयनकक्षमा धारा जडान गर्ने विषयमा व्यवहारिक सिप सिक्न पाउँदा उत्साहित भएको किसानले बताउनुभयो ।
बेनी सामुदायिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी कक्षा ११ का सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुहुन्छ ।
“भविष्यमा केही काम र कतै रोजगारी नपाएपछि यही कपाल काट्ने पेशा गरेर पनि जीवन चलाउन सकिन्छ भनेर आत्मविश्वास बढेको र सम्भावना देख्न थालेको छु,” उहाँले भन्नुभयो “आफैँले ब्यवसाय नगरेपनि घरका अभिभावक, आफन्त र बालबच्चाको कपाल काट्न शैलुन जानु नपरेपछि खर्च र समयको बचत हुन्छ ।”
विहीबार समापन भएको तालिममा कक्षा ८, ९ र ११ का २५ जना छात्र–छात्रा सहभागी थिए । सरस्वतीका जोन, बालमन्दीरका आस्विन र बेनी सामुदायिकका सुयोग जस्तै बेनी नगरपालिकाको मावि तहका विद्यार्थी हिजोआजा विभिन्न सिपमुलक तालिम लिइरहेका छन् । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीहरुलाई पढाइसँगै सिप सिकाउने व्यवस्था मिलाएको हो ।
बेनीमा रहेका १६ वटा माध्यमिक विद्यालय मध्य१४ वटाले सिपमुलक तालिम सञ्चालन गरेका छन । चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले उक्त कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई रु एक/एक लाखका दरले रु १६ लाख बजेट बिनियोजन गरेको थियो ।
नगरपालिकाको अनुदानबाट तालिम सामग्री खरिद, प्रशिक्षक भत्ता र सहभागीलाई खाजाको व्यवस्था मिलाएका छन् । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । ३३० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका नगर शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/०८० मा १० वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/०८१ र २०८१/०८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । विद्यालय तहको शिक्षा हासिल गरेको विद्यार्थीले शिक्षासँगै केही न केही सिप लिएर समाजमा पुगोस भन्ने अवधारणा अनुसार कार्यक्रम अघि सारिएको नगर प्रमुख केसीले बताउनुभयो ।
विद्यालयले ‘हाउस वायरिङ’, ‘पलम्बीङ’, ‘हेयर कटिङ’, भित्तेलेखन, यान्त्रिक हलो मर्मत, ‘सर्वे क्याम्प’ बाँसबाट सजावटका सामान बनाउने, सौन्दर्यकला, च्याउ र खुर्सानी खेतीसम्बन्धी सिप सिकाउन तालिम सञ्चालन गरेका छन् ।
बेनी नगरपालिका–१० पात्लेखेतस्थित दिपक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविले प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरीङ विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ‘सर्वे क्याम्प’ मार्फत भवन, सडक, पुलको सर्वे गर्ने व्यवहारिक सिप सिकाएको छ ।
सोही वडाको नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका १५ जना विद्यार्थीका लागि कपाल काट्ने सिप प्रदान गरिएको शिक्षक रामचन्द्र पौडेलले बताउनुभयो । जामुनाखर्क १५ जनालाई सौन्दर्यकला, पुलाचौरको जनकल्याण माविले २६ जनालाई बाँसबाट सजावटका सामान बनाउने तालिम सञ्चालन गरेको छ ।
पौलत्स्य मावि भिरमुनीले २१ जनालाई मिनिटेलर ९यान्त्रिक हलो० मर्मतसम्बन्धी सिप सिकाएको छ । बेनीको प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र धवलागिरी माविले हाउस वायरिङसम्बन्धी तालिम चलाएका छन् । प्रकाश माविमा ३०, रामचन्द्रमा ३३ र धवलागिरी माविमा २३ जना सहभागी भएका छन् । भकुण्डेको अर्जुन माविले सञ्चालन गरेको १५ दिने भित्तलेखन तालिममा ३१ जना सहभागी छन् ।
भकिम्लीको जयन्ति माविका २५ जना विद्यार्थीहरुले अकवरे जातको खुर्सानी खेती गरेका छन् । विद्यार्थीले सिकेका सिपको व्यवहारमा प्रयोगमा ल्याएर उद्यम व्यवसाय गर्नु भन्दा पनि वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण यस कार्यक्रमको प्रमुख चुनौति हो । आधारभूत तहको सिप सिकेकालाई ब्यवसाय बन्न चाहेमा विद्यालय अथवा नगरपालिकाले विउपुजीको ब्यवस्था गरेर ‘पढ्दै कमाउदै गर्ने’ कार्यक्रममा जोड्न सकेमा थप प्रभावकारी हुने बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताउनुभयो । रासस

Chitwan Aaja चितवन आज
शनिबार, असार १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ
पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

ताजा समाचार

सबै

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.