काठमाडौँ, १३ असार :
प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्।
स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असार १४ गतेदेखि २१ गतेसम्म हुने प्रधानमन्त्री ओलीको उक्त भ्रमण गत असार २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। स्पेन उड्नु अगाडि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार साँझ ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन्।
सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको तयारी गरेको हो । स्पेनस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको लागि आन्तरिक तयारी गरिरहेको छ।