दाङ, असार ११
दाङको शान्तिनगर गाउँपालिकाले सर्वसाधारणको विद्युत महसुल आफैँ तिरिदिने भएको छ ।
दाङका दश पालिकामध्ये तुलसीपुर पश्चिमको शान्तिनगर गाउँपालिकाले जनताले उपभोग गरेकोमध्ये २० युनिटसम्मको विद्युत महसुल तिरिदिने भएको हो
मंगलबार पालिकाकी उपाध्यक्ष प्रेमा केसी बुढाथोकीले आगामी आर्थिक वर्ष २०८२ र०८३ का लागि प्रस्तुत गरेको ४८ करोड ९८ लाख बजेटमध्ये २५ लाख बजेट सर्वसाधारण जनताले उपभोग गर्ने विद्युत महसुल तिर्नका लागि भनेर विनियोजन गरिएको बताइन्।
गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले दुई दिन पहिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सो कुरा उल्लेख गरेका थिए।
अध्यक्ष बस्नेतले आगामी आर्थिक वर्षदेखि २० युनिटसम्मको विद्युत खपत गर्ने पालिकावासी सबैको महसुल पालिकाले तिर्ने गरी नीति निर्माण गरी बजेट वक्तव्यमार्फत समेत प्रस्तुत गरिएको बताए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







