काठमाडौं, १० असार ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेसम्म पनि आफू प्रयासरत रहेको बताएका छन् । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले गरेको प्रयास रास्वपाका नेताहरुले एक दिन बुझ्ने बताए ।
विभिज भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘यसमा म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति मैले अन्तिम समयसम्म प्रयास गरेको । अझै गर्दैछु । रास्वपाका साथीहरुले एक दिन सबै कुरा बुझ्नुहुन्छ ।’
भिजिट भिसा प्रकरण छानविनका लागि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्तारुढ दलबीच भएको सहमतिअनुसार पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।