काठमाडौँ ,असर १० –
कुनै ग्रामीण क्षेत्र होइन यो, काठमाडौँ महानगरपालिकामा पर्ने क्षेत्र हो। काठमाडौँ-३२ पेप्सीकोलामा बर्खाको समयमा सधैँ समस्या हुने गरेको छ।
ठुलो पानी पर्दा बाटोमा खोला नै बग्ने गरेको छ। त्यसमाथि अहिले बाटो खनेर राखिएको छ । सडकमा ठुलो खाल्डो बनाएर राखिएका कारण सवारी चालक र पैदल यात्रुलाई सास्ती भइरहेको छ।