काठमाडौँ, ७ असारः
भारतमा बन्धक बनाइएका ३५ जना नेपालीहरूको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा ती नेपालीको उद्धार गरेको जनाएको छ।
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरूका युवाहरूलाई भारतको उत्तराखण्डको काशिपुरमा बोलाई बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको भन्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा उजुरी आएको थियो।







