काठमाडौँं, ७ असारः
नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कटाक्ष गर्दै भिजिट भिसा प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमान्न आग्रह गरेका छन् ।
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेको प्रसंगप्रति व्यंग गर्दै भिजिट भिषामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिंडीमा देऊन मलाई बास, भन्दै सुरिलो भाकामा मुरली धुन बजाउदै किन धाएको भनेका छन् ।
उनले भनेका छन्-
भिजिट भिसामा संसदमा पलेंटी कसेर दिन दिनै तमासा देखाउनेहरु रातभरी काँग्रेस नेताका पिंडीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउदै किन धाएका होलान । यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौं आश्चर्य नमानौ है ।







