काठमाडौं, असार ७-
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अरूलाई प्रश्न उठाउनुभन्दा आफूहरूलाई हेर्न सुझाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘उहाँहरूलाई एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु, उहाँहरूले अरू पार्टीमाथि टिप्पणी उठाइरहनु भएको छ, कांग्रेस बिग्रियो, एमाले बिग्रियो । म उहाँहरूलाई भन्न चाहन्छु हामी त बन्न पनि समय लाग्यो । बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिट्टो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला । समीक्षा गर्नुहोस् राम्रोसँग ।’