काठमाडौँ असार ६ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु प्रतिनिधिसभाको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका छन् ।
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका रास्वपा सांसदहरु शुक्रबारको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका हुन् ।
यसअघि रास्वपाका सांसदहरु निलो रिबनमा प्रस्तुत भएका थिए । संसद्मा वेल घेराउ र नारवाजीका बीच कहिले पलेँटी कसेर बस्ने तर कहिले मौन रहने गर्दै आएका थिए ।
शुक्रबार भने रास्वपाका सांसदहरु कालो पोशाकमा संसद् गए र बैठक बहिस्कार गएर बाहिरिए ।







