काठमाडौं, असार ३
तीन लाख रुपैयाँ धरौटीमा रिहा भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालकाे अदालत न्याय दिन सक्षम रहेछ भन्ने टिप्पणी गरेका छन् ।
मंगलबार बयानपछि काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई ३ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
गत चैत १५ गते राजावादी गरेको प्रदर्शनका क्रममा भएको तीनकुने घटनाको आरोप लगाउँदै पक्राउ परेका मिश्र यस धरौटीसँगै रिहा भएका छन् ।