काठमाडौँ, २ असारः
प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो ।
भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्मा अवरोध हुँदै आएको छ ।