Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर

काठमाडौँ असार २-
पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृसंस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ ।

गत फागुन १ गते बसेको पदाधिकारी बैठकले अन्तिम पटक भन्दै चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरेर निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्न १० भ्रातृसंस्थालाई निर्देशन दिएको थियो ।

ती १० भ्रातृसंस्थामध्ये तीन वटा (नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघ) ले पार्टीले निर्धारण गरिदिएको समयभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्दै कार्यभार हस्तान्तरण गरे ।

बाँकी ७ भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारू संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टीको निर्देशन लत्याए ।

पार्टीले दिएको समय गुज्रेको दुई महिना पुगिसक्यो । तर महाधिवेशन गर्न नसक्ने ती भ्रातृसंस्थाका तदर्थ समिति खारेजसमेत गरिएको छैन । अहिले आएर महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका म्याद थप्ने/नथप्ने विषयमा सभापति देउवा र महामन्त्री थापाबिच विवाद देखिएको छ ।

सभापति देउवाले अहिले रहेका तदर्थ समितिलाई खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गराउन नसक्ने भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने धारणा राखेका छन् ।

‘उनीहरूलाई संगठन बुझ्न पनि समय लाग्छ । पार्टीले महाधिवेशन गर्न बनाएका निर्देशन समितिले भरपर्दो कार्यतालिका ल्याउन भनेर अन्तिम पटकका लागि थपौँ,’ देउवाले पार्टी नेताहरूसँगको बैठकमा भन्दै आएका छन् । देउवाले जेठ १९ गतेको पदाधिकारी बैठकमा पनि त्यही धारणा राखेका थिए । त्यसपछि पनि नेतारूसँग त्यही धारणा राख्दै आएका छन् ।

तर महामन्त्री थापाको धारणा देउवाको भन्दा ठिकविपरीत छ । अहिलेकाले महाधिवेशन गराउन नसक्ने दाबी गर्दै उनले नयाँ तदर्थ समिति बनाउनुपर्ने बताउँदै आएका छन् ।

‘उनीहरूको म्याद थप्नु भनेको समय खेर फाल्नु मात्रै हो,’ महामन्त्री थापाको धारणा छ । सभापति देउवासँग फरक मत राखेका महामन्त्री थापाले रातोपाटीसँग भने, ‘अहिलेसम्म गर्न नसक्नेले अब समय थप्दा गर्न सक्दैन तसर्थ खारेज गरेर नयाँ बनाऊँ भन्दै आएको छु । सभापतिज्यूले एक पटकका लागि अन्तिम पटक पार्टीले बनाएको निर्देशन समितिसँग कार्यतालिका मागेर समय थपौँ भनिरहनु भएको छ ।’

सभापति र महामन्त्रीबिच नै कुरा नमिलेपछि पार्टीले बनाएको निर्देशन समिति र तदर्थ समितिलाई एकै ठाँउमा राखेर महाधिवेशन गर्ने कार्यतालिका माग्दै कांग्रेसले छलफल गरिरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाँउमा राखेर छलफल गरिरहेका छन् ।

दुई महामन्त्रीले जेठ ३० गते नेपाल दलित संघको निर्देशन समिति र तदर्थ समितिसँग छलफल गरेका थिए । महामन्त्री थापाले दलित संघको तदर्थ समिति र निर्देशन समितिबिच विवाद रहेको र उनीहरू आफै बसेर मिलाएर कात्तिकसम्म महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

संघमा निर्देशन समितिको संयोजकमा कांग्रेस सहमहामन्त्री जीवन परियार र तदर्थ समितिको संयोजकमा लोकबहादुर विश्वकर्मा छन् । पार्टीभित्र परियार डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहमा र विश्वकर्मा संस्थापन पक्षमा भएकाले विवाद रहँदै आएको छ ।

थापाका अनुसार आफूहरूबिच रहेको विवाद आफै बसेर मिलाउने प्रतिबद्धता निर्देशक समिति र तदर्थ समितिका पदाधिकारीले जनाएका छन् । महामन्त्री थापाले आज (असार २ गते) नेपाल विद्यार्थी संघ, असार ३ गते तरुण दल र ५ गते महिला संघको निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीसँग छलफल गर्ने तय भएको जानकारी दिए ।महिला संघका केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् भने नेविसंघमा अध्यक्ष दुजाङ शेर्पाले जिल्ला र क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएपछि इतर समूहको नेतृत्व गर्ने प्रेमिका राना मगरले समानान्तर रूपमा प्रतिनिधि खटाएपछि विवाद चरमोत्कर्षमा छ ।

तरुण दलमा लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएपछि विवाद चरमोत्कर्षमा छ । असार १० गतेसम्म महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाउँमा राखेर छलफल गर्ने छलफलमा चित्तबुझ्दो जवाफ आएमा थप्ने, चित्तबुझ्दो जवाफ नआए खारेज गर्ने तयारी छ ।

कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने वा खारेज गर्ने तथा अन्य समसामयिक राजनीतिबारे छलफल गर्न असार १५ गर्ते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन
चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता
दुई हजार एक सय जना एमालेमा प्रवेश

ताजा समाचार

सबै

‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

दुई हजार एक सय जना एमालेमा प्रवेश

हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६.
    नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.