Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ९. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • १०. नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर

काठमाडौँ असार २-
पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृसंस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ ।

गत फागुन १ गते बसेको पदाधिकारी बैठकले अन्तिम पटक भन्दै चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरेर निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्न १० भ्रातृसंस्थालाई निर्देशन दिएको थियो ।

ती १० भ्रातृसंस्थामध्ये तीन वटा (नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघ) ले पार्टीले निर्धारण गरिदिएको समयभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्दै कार्यभार हस्तान्तरण गरे ।

बाँकी ७ भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारू संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टीको निर्देशन लत्याए ।

पार्टीले दिएको समय गुज्रेको दुई महिना पुगिसक्यो । तर महाधिवेशन गर्न नसक्ने ती भ्रातृसंस्थाका तदर्थ समिति खारेजसमेत गरिएको छैन । अहिले आएर महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका म्याद थप्ने/नथप्ने विषयमा सभापति देउवा र महामन्त्री थापाबिच विवाद देखिएको छ ।

सभापति देउवाले अहिले रहेका तदर्थ समितिलाई खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गराउन नसक्ने भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने धारणा राखेका छन् ।

‘उनीहरूलाई संगठन बुझ्न पनि समय लाग्छ । पार्टीले महाधिवेशन गर्न बनाएका निर्देशन समितिले भरपर्दो कार्यतालिका ल्याउन भनेर अन्तिम पटकका लागि थपौँ,’ देउवाले पार्टी नेताहरूसँगको बैठकमा भन्दै आएका छन् । देउवाले जेठ १९ गतेको पदाधिकारी बैठकमा पनि त्यही धारणा राखेका थिए । त्यसपछि पनि नेतारूसँग त्यही धारणा राख्दै आएका छन् ।

तर महामन्त्री थापाको धारणा देउवाको भन्दा ठिकविपरीत छ । अहिलेकाले महाधिवेशन गराउन नसक्ने दाबी गर्दै उनले नयाँ तदर्थ समिति बनाउनुपर्ने बताउँदै आएका छन् ।

‘उनीहरूको म्याद थप्नु भनेको समय खेर फाल्नु मात्रै हो,’ महामन्त्री थापाको धारणा छ । सभापति देउवासँग फरक मत राखेका महामन्त्री थापाले रातोपाटीसँग भने, ‘अहिलेसम्म गर्न नसक्नेले अब समय थप्दा गर्न सक्दैन तसर्थ खारेज गरेर नयाँ बनाऊँ भन्दै आएको छु । सभापतिज्यूले एक पटकका लागि अन्तिम पटक पार्टीले बनाएको निर्देशन समितिसँग कार्यतालिका मागेर समय थपौँ भनिरहनु भएको छ ।’

सभापति र महामन्त्रीबिच नै कुरा नमिलेपछि पार्टीले बनाएको निर्देशन समिति र तदर्थ समितिलाई एकै ठाँउमा राखेर महाधिवेशन गर्ने कार्यतालिका माग्दै कांग्रेसले छलफल गरिरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाँउमा राखेर छलफल गरिरहेका छन् ।

दुई महामन्त्रीले जेठ ३० गते नेपाल दलित संघको निर्देशन समिति र तदर्थ समितिसँग छलफल गरेका थिए । महामन्त्री थापाले दलित संघको तदर्थ समिति र निर्देशन समितिबिच विवाद रहेको र उनीहरू आफै बसेर मिलाएर कात्तिकसम्म महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

संघमा निर्देशन समितिको संयोजकमा कांग्रेस सहमहामन्त्री जीवन परियार र तदर्थ समितिको संयोजकमा लोकबहादुर विश्वकर्मा छन् । पार्टीभित्र परियार डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहमा र विश्वकर्मा संस्थापन पक्षमा भएकाले विवाद रहँदै आएको छ ।

थापाका अनुसार आफूहरूबिच रहेको विवाद आफै बसेर मिलाउने प्रतिबद्धता निर्देशक समिति र तदर्थ समितिका पदाधिकारीले जनाएका छन् । महामन्त्री थापाले आज (असार २ गते) नेपाल विद्यार्थी संघ, असार ३ गते तरुण दल र ५ गते महिला संघको निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीसँग छलफल गर्ने तय भएको जानकारी दिए ।महिला संघका केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् भने नेविसंघमा अध्यक्ष दुजाङ शेर्पाले जिल्ला र क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएपछि इतर समूहको नेतृत्व गर्ने प्रेमिका राना मगरले समानान्तर रूपमा प्रतिनिधि खटाएपछि विवाद चरमोत्कर्षमा छ ।

तरुण दलमा लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएपछि विवाद चरमोत्कर्षमा छ । असार १० गतेसम्म महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाउँमा राखेर छलफल गर्ने छलफलमा चित्तबुझ्दो जवाफ आएमा थप्ने, चित्तबुझ्दो जवाफ नआए खारेज गर्ने तयारी छ ।

कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने वा खारेज गर्ने तथा अन्य समसामयिक राजनीतिबारे छलफल गर्न असार १५ गर्ते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

ताजा समाचार

सबै

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.