Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ७. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ८. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ९. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • १०. नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौँ, असार २-
जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो सामूहिक समस्याका रुपमा देखापरेको छ । यसले विश्वको ध्यान केन्द्रित गरिहेको छ । जलवायु परिवर्तनले समग्र मानव जातिलाई मात्र नभएर पर्यावरणीय चक्रलाई नै खल्बल्याइरहेको छ । जसरी जलवायु परिवर्तनले विश्वभरि असर पारेको छ, त्यसैगरी नेपाल पनि प्रभावित बन्दै आइरहेको छ । जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालका उच्च हिमाली क्षेत्रमा पारेको देखिन्छ । समग्रमा भन्ने हो भने जलवायु परिवर्तनले वातवारणीय असर मात्र पारेको छैन्, मानवीय सङ्कट पैदा गरेको छ । युगौँदेखिको परम्परा र संस्कृति लोपन्मुख भइरहेको छ । रैथाने कृषि प्रणाली तथा प्रविधि र खानाका परम्परागत परिकारहरु हराउँदै गइरहेका छन् । मानवीय सम्बन्ध, सामाजिक अन्तरसम्बन्ध तथा भौगोलिक सम्पन्नता पनि जलवायु परिवर्तनले प्रभावित बनाएको छ । मानव र वन्यजन्तुबीचको सम्बन्ध पनि खल्बलाएको छ । प्राकृतिक द्वन्द्व सिर्जना गराएको छ । र, जलवायु परिवर्तनले परम्परा र आधुनिकताबीचको नवीन सङ्घर्ष जन्माएको छ ।

म्यान्ग्रोव फाउन्डेसनले गरेको एक अध्ययनअनुसार उच्च पहाडी भेगमा पछिल्ला केही दशकहरुमा नाटकीय परिवर्तनहरु आएको जनाएको छ । उक्त अध्ययनले पहिले वर्षभरि हिउँले ढाकेका पहाडहरु अहिले खाली र सुक्खा हुँदै गइरहेका छन् । र, हिमाली क्षेत्रमा हिमनदी, बरफ र हिउँले ढाकिएको क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो घटिरहेको जनाएको छ । हिमाली क्षेत्र, अरू क्षेत्रभन्दा दुई गुणा छिटो तात्दै गइरहेको अनुसन्धानले जनाएको छ । विश्व तापमानले हिउँ र बरफको मात्रामा गम्भीर प्रभाव पारेको छ । यसले हिमाली क्षेत्रमा मानवीय सङ्कट पैदा गर्दै गइरहेको छ । यो मानव जाति र प्रकृति दुवैका समस्या बन्न पुगेको छ ।

यस्तै, मुस्ताङ पनि जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित भइरहेको छ । पानी नपर्ने तर हिउँ पर्ने भनेर चिनिएको हिमालपारिको जिल्ला मुस्ताङमा नियमित हिउँ पर्न छोडेको वर्षौं भयो । हिउँमै जन्मी हुर्की खेलेका मुस्ताङीलाई हिउँ नै बिरानो बन्न थालेको छ । हिउँदमा कहिलेकाहीँ देखिने हिउँले उनीहरुलाई जिस्काइरहेको अभास हुन थालेको छ । उनीहरु सोचिरहेका छन्, किन उहिलेको जस्तो हिउँ पर्दैन र? किन पहिलेको जस्तो खेतीपाती हुँदैन? जस्ता प्रश्नहरुले घच्घच्याइरहेको छ । उनीहरुले जीवनशैली फेरिएको अनुभव गरिरहेका छन् । आफ्नै आँखा अगाडि हिमाल डाँडामा परिणत भएको देखेका छन् । कृषि उत्पादन भूमि सुक्खा बगरमा परिणत भएको अनुभव गरिहेका छन् । उनीहरुले आफ्ना लेकहरुमा याक, चौँरी तथा च्याङ्ग्राका बथानहरुको अगुवाइ गर्न छाडिसके । वरिपरिका सुक्खा डाँडाहरुमा बेमौसममा पहिरो गएको आफ्नै आँखासामु देखेका छन् ।

गाउँको पानीको मूलमा पानी आउन छोडेको छ । हिमालबाट आउने पानीका मुहानहरुमा पानी कम हुँदै गइरहेको छ । स्थानीय भाषा, कला तथा संस्कृतिमा परिवर्तन आएको छ । स्थानीय परम्परामा आधारित व्यवसाय सङ्कटमा परेका छन् । मुस्ताङबासी यस्तै परिवर्तन भोग्दैदेख्दै आइरहेका छन् । समयक्रमसँगै भएको परिवर्तनले स्थानीय बासिन्दाको जीवनशैली तथा प्रभावित भएको छ । योभन्दा ठूलो असर प्रकृतिमा परेको छ । यसको मूल कारण भनेको जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनले मुस्ताङमा मानिसको बासस्थान मात्र नभएर पर्यावरण नै प्रभावित भइरहेको छ । मुस्ताङमा पनि अरू हिमाली क्षेत्र जस्तै हिमताल सङ्कटमा रहेका छन् । ताल सुक्ने तथा विस्फोट हुने खतरा पनि बढी रहेको छ । पछिल्ला वर्षहरुमा मुस्ताङमा पानी पर्न थालेको छ । यसको कारण बाढीको प्रकोपमा स्थानीय गाउँबस्तीहरु मारमा पर्ने गरेका छन् । उदाहरणका लागि, २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । समयमा समयमा हुने तीव्र हावाहुण्डरी तथा असिनापानीले कृषिबालीमा असर पर्न थालेको छ । मुख्यगरी अप्रत्याशित हुने हिमपात, बरफको आँधी तथा खडेरीले पनि जनजीवन प्रभावित हुने गरेको छ । यसले गर्दा यस क्षेत्रका गरिबी रेखामुनि रहेका तथा भौगोलिक जोखिममा परेका समुदायलाई बढी प्रभावित बनाएको छ ।

गाउँघरमा खाना पकाउनका लागि प्रयोग हुने दाउरा पनि पाइँदैन । डाँडामा भएका सामान्य बुट्यानबाहेक ठूल्ठूला रूखहरु लोप हुँदै गइरहेका छन् । बुबाबाजेले घरमाथि जम्मा पारेका दाउरा अचेल नासोका रुपमा मात्र छन् । किनभने उतिबेलाको जस्तो घनाजङ्गल अहिले छैनन् । अचेल खाना पकाउन ग्यासको प्रयोग गरे पनि हिउँदमा जाडो हुँदा भने निकै कठिनाइ भोगिरहेका छन् । दाउरा नहुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अझ बढी प्रभावित हुने गरेका छन् । उनीहरुका लागि जाडोबाट बच्न एक मात्र उपाय भनेको दाउरा बालेर आगो ताप्नु र घरलाई न्यानो बनाउनु हो । तर अब त्यो सम्भावना कम हुँदै गइरहेको छ । यसको कारण हिउँदे जीवन प्रभावित हुन थालेको छ ।

जलवायु परिवर्तनसँगै बढ्दो तापक्रम तथा वायुमण्डलमा आएको परिवर्तनले यस क्षेत्रमा स्थानीयको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । मुस्ताङको जोमसोम उपत्यका तथा वरिपरिका बस्तीहरुमा लामखुट्टे देखिन थालेका छन् । जुन भविष्यमा स्थानीय बस्तीका लागि निकै ठूलो स्वास्थ्य समस्या बन्नेछ । बढी हावा चल्ने कारणले बेमौसमा चिसो हुने गरेको छ । यसका कारण रुघाखोकी तथा ज्वरोलगायत रोगहरु बढिरहेका छन् । यसमा पनि अझ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी प्रभावित बनाएको छ ।

जलवायु परिवर्तनले मुस्ताङका विभिन्न क्षेत्रहरु हुने खेतीपाती तथा पशुपालनलाई प्रभावित बनाएको छ । यस क्षेत्रका मुख्य कृषिबालीहरु आलु, उवा, जौ तथा फापरलगायतका उत्पादनमा कमी आएको छ । कमी आउनुको मुख्य कारण बेलैमा हिउँ नपर्नु हो । यस क्षेत्रमा हिउँ नपरेसम्म बाली सप्रिँदैन । हिउँ नपरेपछि सिँचाइमा पनि समस्या देखिन थालेको छ । स्थानीय नदीनालाहरुमा पानीको मात्रा कम हुन थालेको छ । अझ सानातिना खोलाहरु त सुक्दै गइरहेका छन् । हिउँ तथा पानी नपरेपछि खेतबारी सुक्खा हुँदै गएका छन् । अर्को कुरा, पशुपालन गर्न कठिनाइ भएपछि मलको अभाव भएको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादनले सहजै बजार नपाउनु पनि समस्याको रुपमा देखिएको छ ।

पशुपालन यहाँको अर्को मुख्य पेसा हो । च्याङग्रा, चौँरी तथा भेडाबाख्राहरु पाल्न कठिन हुन थालेको छ । पशुपालन नहुँदा ऊन उत्पादनमा कमी आएसँगै धेरैको मुख्य पेसा नै सङ्कटमा परेको छ । एकातिर व्यवसाय घटेको छभने अर्कोतिर स्थानीय कलासंस्कृति तथा परम्परामा आधारित लुगाहरु उत्पादन हुन छोडेको छ । यसले मस्ताङको मौलिक परिचय नै सङ्कटमा परिरहेको छ । अर्को कुरा, प्रशस्त मात्रामा स्थानीय कृषि उत्पादन नहुँदा स्थानीय बासिन्दा बाहिरबाट आएको महङ्गो खानेकुरा खान बाध्य छन् । त्यति मात्र हैन, स्थानीय रैथाने खाना तथा परिकारहरु लोप हुँदै गइरहेका छन् । यसले मुस्ताङीको जीवनचक्रलाई परिवर्तन गरेको छ । उनीहरुलाई अचानक आएको परिवर्तनलाई स्वीकार्न सकस हुँदै आएको छ ।

गाउँहरु युवाविहीन देखिन्छन् । गाउँमा आफ्नो भविष्य नदेखेका युवाहरु जीविकोपार्जनका लागि गाउँ छोड्न बाध्य छन् । एकातिर अवसरको कमी, अर्कोतिर परम्परागत व्यवसाय सङ्कटमा परेको कारण युवाहरुका लागि गाउँ बस्नयोग्य रहेन । आफूले भोगेका पीडा आफ्ना सन्तानले नभोगून् भनेर परिवारले उनीहरुलाई पढाइका लागि भनेर शहर पठाउन थालेका छन् । आफ्नो सुन्दर भविष्यका लागि युवाहरु पोखरा, काठमाडौँ तथा विदेश जान थालेका छन् । गाउँ छोड्ने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको छ । गाउँमै बसिरहेका युवाहरुलाई पनि सहज छैन । उनीहरु पनि विकल्पको खोजीमा छन् । यही क्रममा युवा पलायन हुँदै गए भने मुस्ताङका बस्ती उजाड हुँदै जानेछन् । मुस्ताङको त्यो गौरवमय इतिहास, कला, संस्कृति तथा पहिचान सङ्कटमा पर्नेछ ।

हिमाल संरक्षणका लागि नेपाल सरकारले दिगो नीति तथा योजना ल्याउनुपर्छ । मुस्ताङ मात्र नभएर हिमाल जोगाउनका लागि विशेष पहलकदमी गरिनुपर्छ । स्थानीय भाषा, कला, संस्कृति तथा पहिचानलाई जोगाउनका लागि पनि सरकारले दीर्घकालीन रणनीति अपनाउनुपर्छ । हिमाली क्षेत्रमा बसोबास गरिरहेकाहरुको वैकल्पिक जीवन जिउने कला तथा सीपको विकास सुनिश्चित गरिनुपर्छ । त्यति मात्र हैन, सरकारले मुस्ताङबासीलाई जलवायु न्याय दिनुपर्छ । जलवायु परिवर्तनले पारेको क्षति तथा असरलाई न्यूनीकरण गर्न पनि उनीहरुलाई क्षतिपूर्ति तथा न्याय दिइनुपर्छ । जलवायु न्याय सुनिश्चित गर्न नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम तत्कालै ल्याइनुपर्छ, जसले गर्दा उनीहरुलाई राहत मिलोस् । जीवन जीउने कलाको विकास हुँदै जाओस् र जीवन्त मुस्ताङ बचिरहोस् । लेखक जलवायु परिवर्तनसम्बन्धी अध्यता हुनुहुन्छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

ताजा समाचार

सबै

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.