काठमाडौं, असार १
टिकटकर रमा बस्नेत पक्राउ परेकी छन्।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका-६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय रमा बस्नेतलाई आइतबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
ब्युरोले आइतबार ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको भनेर प्रेस विज्ञप्ति जारी गरेको छ।