चितवन, जेठ ३० –
चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानहरुमा नयाँ विद्युत लाइन प्रसारण गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर १ का हात्तीवाङदेखि रमनसिंह डाँडा, पोल भञ्ज्याङ र चौकिडाँडा लगायतका क्षेत्रहरुमा नयाँ विद्युत लाइन प्रसारण हुन गइरहेको हो ।
नयाँ लाइनमा विस्तार भएका पोल, तार, स्टे वायर नछुनुहुन सम्पूर्ण महानुभावहरुमा वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले आग्रह गरेका छन् ।
इच्छाकामना गाउँपालिकाका केही स्थानसहित चितवनमा अझै बिजुली नपुगेका विभिन्न स्थानमा विद्युत पु¥याउने गरी प्राधिकरणले काम गरिरहेको प्रमुख सिंह बताउँछन् ।