Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

किशोरी घाउ

भरतपुर जेठ ३१ –,
अनायसै झस्किएँ । बाटोबाट जुत्ता ट्याक–ट्याक गर्दै कोही हिँड्यो । म स्याँस्याँ हुन थालेँ । त्यही बखत ट्रिपर स्पिडमा कुद्यो । म घरको बरन्डामा थिएँ । त्यहाँबाट जुरुक्क उठेँ, फेरि बसेँ । यसरी उठ्ने र बस्ने गर्नु मेरो शान्त हुने प्रयास हो । यस्तो घबराहट हुँदा भित्र–बाहिर गरिरहन्छु ।

घबराहट कम भयो । पहिलेकै अवस्थामा आएँ र घोरिन थालेँ । किन सानो कुरामा झस्किन्छु ? प्रहरी भ्यानको साइरन र एम्बुलेन्सको साइरनले तर्सिन्छु । झन् जब बुटको ट्याक–ट्याक सुन्छु, पुराना कुरा बग्रेल्ती मनमा बग्न थाल्छन् । आफू दुई बीसकी हुँदै छु भन्ने बिर्सिन्छु । पन्ध्र वर्षे किशोरी भइहाल्छु, त्यही व्यथा सम्झिन्छु र अकस्मात् त्यो समयमा पुगेर रोकिन्छु ।

भर्खरै पन्ध्रमा टेकेकी थिएँ । कक्षा ९ मा पढ्थेँ । साथीहरू बिचकी राम्री थिएँ रे । सबैले त्यस्तै भन्ने गर्थे । कोही मेरो गालामा पर्ने खाल्डाको कुरा गर्थे, कोही ठुला आँखाको, कोही सर्लक्क परेको शारीरिक बनोटको । मेरो रूप र सौन्दर्यको चर्चा चुलिने क्रममा थियो । स्कुलमा त म चर्चित नै थिएँ तर पढ्न जान्ने भएर होइन, आकर्षक देखिएर । मलाई पनि लाग्न थालेको थियो । ओहो ! म कति राम्री । सबैतिरबाट राम्री भनिदिँदा फुरुक्कै हुन्थेँ । घरमा आएर पटक–पटक ऐना हेर्न सुरु गरेकी थिएँ । आमाले भन्ने गर्थिन्, कपाल सिनित्त कोर । म सिनित्त पार्थें । आमा मलाई हेर्दै डराउँथिन् । आफ्नै वरपर राखिरहन मन गर्थिन् । आमाको काममा सघाइदिन्थेँ । काम सकेपछि साथीकोमा जान खोज्थेँ । आमा मलाई हिँड्नबाट रोक्न खोज्थिन् । म गाउँ डुल्न खोज्थेँ । सबैले राम्री जो भन्ने गर्थे । त्यही सुनेर म मख्खिन्थेँ ।

मैले बालाई देखेकी होइन । बा थिए भन्ने कुरा मात्र थाहा थियो तर कस्ता थिए भन्ने थाहा थिएन । छिमेकीहरू भन्थे, काटीकुटी मजस्तै थिए । मेरा दिनहरू आमाको वरपर बित्थे । स्कुल पढ्न जान थालेपछि साथीहरूको कुरा सुनेर बस्थेँ । साथीहरूसँग खेल्दा जति खुसी हुन्थेँ, त्यसको दोब्बर दुःखी उनीहरूका कुराबाट हुन्थेँ । उनीहरू कहिले बाले ल्याएका खेल्ने सामग्री देखाउँथे कहिले मिठामिठा मिठाइहरूको चर्चा गर्थे; कहिले राम्रा जामा र राम्रा टिसर्टका कुरा गर्थे । म साथीहरूका कुराले दुखेकी हुन्थेँ । किनकि त्यो सब मेरो भागमा परेका थिएनन् । जो उनीहरूलाई मिलिरहन्थ्यो । म उनीहरूको जस्तै खुसीको कल्पना गर्थें, मात्र कल्पना । कल्पना गरेर पाइने रहेनछ ।

द्वन्द्वकालीन समय थियो । त्रास बढेको थियो । घरमा आमाछोरी मात्र थियौँ । कहिलेकाहीँ गाउँमा सेनाहरू डुलिरहन्थे । फेरि पनि सबैका आँखा मैतिर तेर्सिन्थे । कोही–कोहीले भन्ने गर्थे । सेनाले अब तँलाई छाड्दैनन् । कुनै न कुनै दिन लुट्न सक्छन् । उनीहरूका कुराले मन बिगाथ्र्यो । भित्र–भित्र त्रसित भएकी थिएँ । किन छाड्दैनन् ? किन लुट्छन् ? लुट्नु भनेको के हो ? कसलाई सोध्ने ? मनभरि प्रश्नका चाङ थुप्रिएका थिए ।

एक रात आमा र म खाना खाएर सुतेका थियौँ । राति बाटोमा ट्याक–ट्याक गरेको आवाज आयो । आमा झस्किन् र मलाई कोट्याइन् । म उठेँ । त्यो रातभर हाम्रो घर वरपर ट्याक–ट्याक भइरह्यो । घरीघरी खासखुस गर्थे तर के कुरा गर्दै छन् भन्ने हामी बुझ्दैनथ्यौँ । आमा ट्याक–ट्याकको आवाजले डराएकी थिइन् । म आमालाई देखेर डराएकी थिएँ । आमाछोरीको निद्रा ट्याक–ट्याकको आवाजले खायो । दुईजना सासले कुरा गथ्र्यौं ।

कुरै कुरामा आमाले भनिन्— स्कुल जाँदा साथीहरूको वरपर रहिरहनु । कतै जानुपरे साथी बेगर एक्लै नजानु । साँझ–बिहान मेरैनजिक बस्नु । आमाका कुराले डरको डिग्री बढायो । त्यो रात एक–अर्कासँग टाँसिएर बितायौँ आमाछोरीले ।

हामी स्कुल जाँदै थियौँ । बाटोमा सम्झनाले सोधी, ‘तेरो दाइ आजकल कता छ ?’

‘थाहा छैन । ६ महिनापहिले रातमा झुलुक्क देखेकी हुँ । त्यसपछि हाम्रो भेट भएको छैन,’ मैले भनेँ ।

‘आज रातभर सेनाहरू हिँडिरहेका थिए रे । सेनाहरूले तिमीहरूको घरलाई निसाना बनाउँछन् रे ।’

कसले भनेको ?

‘मेरो बाबाले भन्नुभएको,’ उसले भनी ।

हजुरसजुर गर्नपर्दैन भन्दै उसले मैले ओढेको सिरक फालिदियो । म झस्किएँ । आमा आत्तिइन् । ओहो यहाँ त खाजाको व्यवस्था रहेछ साथीहरू । उसले मलाई हेर्दै भन्यो ।
किन हाम्रो घरलाई निशाना बनाउने ?

‘थाहा नपाएझैँ नगर् न । तिमीहरूको घर माओवादीको घर हो रे । तेरो दाइ माओवादी छापामार हो त । गाउँका सबैलाई थाहा छ यो कुरा ।’

मलाई पनि थाहा छ, मैले मनमनै भनेँ तर केही बोलिनँ । उसले कुरा सकेकी रहिनछे, फेरि भनी— त्यही भएर तेरो दाइ घरमा बस्दैन । किन थाहा छैन भन्छेस् । सबैलाई थाहा छ, तिमीहरू माओवादी हौ । तिमीहरूको छेउमा हाम्रो घर भएकाले हामीलाई नि खतरा छ । घरमा यस्तै कुरा भएको थियो ।

ऊ के के बोल्दै थिई । म डराउन थालेँ । आमाको कुरा सम्झेर खुट्टा काम्न थाले । ऊ बोली रही, म कामिरहेँ । मेरो डरको खाल्डो गहिरियो । अब राम्री भएका कुराले मख्खिने सोच कमजोर भयो । उसै पनि रातभरि ट्याक–ट्याकको आवाजले सुतेकी थिइन् । साथीका कुराले त्रास बढ्यो तर जहाँ गए पनि जे गरे पनि मैले सम्झनालाई छोडिनँ । आमाले साथीलाई नछाड्ने जो भनेकी थिइन् ।

स्कुल जाँदा–आउँदा हामी सँगसँगै हुन्थ्यौँ । आमा घरमा नहुँदा म उसको घर जान थालेकी थिएँ ।

एक दिन हामी स्कुल जाँदै थियौँ । बाटाभरि सेनाहरूको हुल आइरहेको थियो । म सम्झनाको पछाडि छेल परेँ तर उनीहरूलाई हेर्न छोडिनँ । त्यसबखत मैले देखेँ । गाउँकै एकजना अंकलले हामी भएतिर हेर्दै कुरा गर्दै गरे । कुरा सुनिएन तर उनको कुरा गराई हामीतिर लक्षित थियो । त्यही कारण म डराएकी थिएँ । डरले मेरो दिनलाई अत्यन्तै लामो बनाएको थियो । रात नपरे हुन्थ्यो भन्ने मेरो भित्री इच्छा थियो । कुरा सोच्दैमा समय बदल्न सकिँदो रहेनछ । आखिर साँझ परिहाल्यो । साँझबाट हिजोजस्तै बाटोमा ट्याक–ट्याक सुरु भयो ।

एक रात म निदाइसकेकी थिएँ । घरमा गाइँगुइँ गरेको हल्लाको मधुरो आवाज आयो । आमा छेउमा थिइनन् । अलि पर बोलेको सुनेँ । निदाउने प्रयास गरेँ तर निदाउन सकिनँ । त्यसपछि जुरुक्क उठेर भान्छातिर लागेँ । आमा भात पकाइरहेकी थिइन् । पिँढीमा एक हुल मान्छे बसिरहेका थिए । तिनीहरूले साउतीमा कुरा गरी रहेथे । आमालाई सोधेँ, ‘आमा ! आज हाम्रा घरमा को आएका यति राति !’

आमाले भनिन्, ‘तिमीलाई चाहिँदैन छोरी यो कुरा ।’

मैले जोड गरेँ तर आमाले भन्दै भनिनन् । मेरो ढिपीसँग रिसाएर आमाले मलाई भित्तातिर धकेलिन् । म ठोक्किएँ । त्यहाँ एउटा लामो लौरोजस्तो देखिने वस्तुमा मेरो आँखा पुग्यो । त्यो कालो रङको लौरोजस्तो थियो तर लौरो थिएन । मैले त्यसलाई छुन खोजेँ ।

‘होइन के गरेकी तैँले । त्यो खतरा हुन्छ । न छो त नानी,’ आमाले भनिन् ।

मैले हात हटाएँ तर के हो त्यो सोधिनँ । सोध्नुले जवाफ पाइँदैन भन्ने थाहा भइसकेको थियो । आमाको खतरा शब्द बाहिर बसेकाले सुनेछन् । एकजना भित्र पसे । उनले पहिले त्यो खतरा भनेको वस्तुलाई समाए । मैले देखेँ उनको हातमा रातो रिबन बाँधिएको थियो । जुन मैले स्कुल जाँदा टाउको बाँध्ने गरेको रिबनजस्तै थियो । उसले आमातिर हेर्यो । उसको टाउकोमा पनि उस्तै रातो पट्टी बाँधिएको थियो । आमाको अनुहार हेरेपछि ऊ नबोली बाहिरियो । उनी को थिए ? मैले फेरि प्रश्न गर्न सकिनँ आमालाई ।

आमाले मलाई हेर्दै भनिन्— जा गएर सुत । रात धेरै भइसक्यो ।

म ओछ्यानतिर लागेँ । भान्छामा के के हुँदै छ भन्ने मैले ओछ्यानबाट थाहा पाइरहेकी थिएँ । आमा रोइरहेकी थिइन्, दाइका कुरा गरेर । उनीहरूसँग दाइलाई भेट्ने कुरा गरिन् । उनीहरुले भेट्न नमिल्ने बताएका थिए । उनीहरूले भन्दै थिए—ऊ (मेरो दाइ) धेरै टाढा छ र सकुशल छ ।

कुरा सुनेर आमा रुन छाडिनन्, रोइरहिन् ।

भोलिपल्ट म स्कुल हिँडेँ । बाटाभरि सम्झना फतफताइ रहन्थी । हामीले उसको नामै फतफते राखेका थियौँ । उसले सोधी— राति तेरा घर को आएका, माओवादीहरू हुन् ? अरु को आउँछ र होइन !

उसले यसरी भनी, मानौँ उसले आफ्नै आँखाले देखेकी थिई । म केही बोलिनँ । शर्मिला बिचैमा बोली, ‘यसले कहिले केही भन्छे र तैँले सोध्छेस् सम्झना !’

हो, मैले कहिल्यै माओवादी जोडिएका कुरामा बोलिनँ । किनकि म डरको घेराबन्दीमा थिएँ । त्यस दिन स्कुलमा पढ्दा–लेख्दा राति आमा रोएको मात्र सम्झन्थेँ ।

साँझ पर्‍यो । आमाछोरी खाएर सुत्न के लागेका थियौँ । बाहिर पहिलेको भन्दा चर्को स्वरमा ट्याक–ट्याक सुरु भयो । आमाछोरीले हेराहेर मात्र के गरेका थियौँ । ढोकाबाट ड्याम्म–ड्याम्म आवाज आयो । मेरा ओठ काप्न थाले । आमा थर्थराइन् । फेरि ड्याम्म गरेपछि ढोका खुल्यो । एक हुल मान्छेहरूभित्र पसे । टुकी धिपधिप बलिरहेको थियो । एउटाले सोध्यो— कति जनालाई भात खुवाइस् अस्ति ?

आमाले कामेको स्वरमा भनिन्— सात जनालाई ।

ऊ फेरि बोल्यो— हामीलाई खुवाउँदिनस् । हामी पाँचजना मात्र छौँ ।

त्यत्तिकैमा म खाटमा चलमलाएँछु ।

‘त्यहाँ को छ ? माओवादी लुकाएकी होस् ।’

होइन हजुर ।

हजुरसजुर गर्नपर्दैन भन्दै उसले मैले ओढेको सिरक फालिदियो । म झस्किएँ । आमा आत्तिइन् । ओहो यहाँ त खाजाको व्यवस्था रहेछ साथीहरू । उसले मलाई हेर्दै भन्यो । आमा आएर मेरो छेउमा बसिन् । उसले आमालाई धकेलिदियो । आमा भुइँमा पुगिन् ।

ऊ मेरैे छेउमा बस्यो र भन्यो— गज्जब छ साथीहरू । आज तिर्खा मेटेर छाडिन्छ ।

अरु गललल हाँसे । उसले त्यहाँ भएका अरुलाई बाहिर जान आदेश दियो । सबै बाहिरिए । आमा उठेर भित्तामा टाँसिइन् । उसले मेरो सुरुवाल तान्यो । मलाई नङ्ग्यायो र मनमर्जी मेरो शरीर चलायो । आमा टाउको ठोकिरहिन् भित्तामा । ऊ खेलिरह्यो मेरो शरीरमा ।

ऊ अघाएर उठ्यो । उठेर लुगा लगाउँदै भन्यो । साला माओवादीहरूले हाम्रा दिदी बहिनी छोडेका छन् र हामीले छोड्नी ! उसको अनुहार प्रफुल्लित थियो । यस्तो लाग्थ्यो, उसले जे गर्‍यो त्यो जायज थियो । युद्धमा विजयी भएजस्तो भाव उसको बोलीमा झल्कन्थ्यो ।

म रगताम्य भएकी थिएँ । ऊ फुत्त बाहिरियो । उसका साथीहरू ऊसँगै लागे । हामी होस् भएका बेहोसी भयौँ । आमाले मेरो लाज ढाक्न थालिन् ।

दाइ माओवादी भएका कारण म आमाकै अगाडि बलात्कृत भएँ । दाइ त्यसपछि फर्केर आएन । न आयो ऊ सहिद भएको खबर । बेपत्ता पारिएकाको सूचीमा पनि उसको नाम छैन । दाइलाई सोध्न पाएकी छैन मैले, के उसले पनि जनताका छोराछोरीलाई सेनाले जस्तै छाडेन ?

समय धेरै घर्किसकेको छ । दुई बीस पुग्न लागिसकेँ । धेरै घाउहरूमा खाटा बसिसके तर त्यो घाउमा खाटा बसेको छैन, बेला–बेला झनै आलो भइदिन्छ । विशेषतः बुटको आवाजले वा त्यस्तै कुनै आवाजले मेरो त्यो घाउलाई बल्झाउँछ । म आत्तिन्छु ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार
सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

ताजा समाचार

सबै

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.