Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

आलोचना बढेपछि रिसाएका प्रचण्ड

भरतपुर जेठ ३१ –
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा झर्को माने । सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने र जवाफ दिने गरेका प्रचण्ड सुरुकै प्रश्नबाट चिढिएका थिए ।

पत्रकारको पहिलो प्रश्न थियो, ‘प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ? ।’ यो प्रश्नमा प्रचण्डले अगाडि बढ्ने र पछि हट्ने खालका कदमहरु राजनीतिमा चालिने बताए ।

त्यहि बिचमा अर्को प्रश्न प्रचण्डलाई आइलाग्यो, ‘यो मुद्दा अग्नि सापकोटासँग साट्नुभएको हो ? ।’ त्यसपछि प्रचण्डले भने– ‘यो बिल्कुल गलत कुरा । वाहियात कुरा हो । मानिसहरूले प्रचार गर्ने गर्या छन् । त्यस्तो केही नि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’

फेरि प्रचण्डलाई अर्को प्रश्न आयो, ‘तपाईंलाई कांग्रेस एमालेले थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?’ जवाफ दिँदै प्रचण्डले भने, ‘तपाईंहरुको बुझाइ सुतेको हो ।’ प्रचण्डलाई अर्को प्रश्न पनि प्रहार भयो, ‘जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको ? ।’ जवाफमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’

प्रचण्डलाई प्रश्नको वर्षा हुँदाहुँदै अन्य नेता तथा कार्यकर्ताले अब सकियो भनेपछि प्रश्नोत्तर सकियो । तर, प्रचण्डलाई दुई बुँदे सहमतिको विषयलाई लिएर पत्रकारले मात्रै प्रश्न गरिरहेका छैनन् । स्वयम् माओवादीका नेता तथा कार्यकर्ताले पनि प्रश्न गरेका छन् ।

‘सहमति सन्तोषजनक छैन । सहमतिका लागि किन बाध्य हुनुपर्‍यो ?,’ माओवादी कोशी प्रदेशका उपाध्यक्ष शिवकुमार डाँगीले सामाजिक सञ्जालमा लेखेका छन् । उनको स्टाटसमा धेरैले कमेन्ट गर्दै प्रचण्डको उछितो काडेका छन् ।

विराटनगर विमानस्थलमा प्रचण्ड आउनु अगाडि भेला भएका नेता तथा कार्यकर्तामा पनि भिजिट भिसा प्रकरणको विषयमा कानेखुसी पर्याप्त भइरहेको थियो । अधिकांशले असन्तुष्टि जनाए पनि सार्वजनिक अभिव्यक्ति दिन भने सकेनन् । ‘यो चित्त नबुझेकै कुरा हो । तर, बाहिर बोल्न सकिँदैन, हामी रमिता हेर्ने हो,’ एक नेताले भने ।

माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङले भने दुई बुँदे सहमतिको विषयमा धेरै आलोचना गर्नुपर्ने अवस्था नरहेको बताए । ‘यहाँ डाडुमा भात पकाउनेहरूले भाँडामा भात पकाउनेलाई गाली गरिरहेका छन्,’ उनले भने, ‘डाडुमा भात पाक्दैन । भाँडै चाहिन्छ । प्रचण्डलाई देशको चिन्ता नलाग्ने । अरूलाई लाग्ने पनि हुन्छ र ?’ उनले अहिलेको आलोचनाले केही फरक नपार्ने बताए ।

भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै माओवादीलगायतका प्रतिपक्षी दलहरूले गत जेठ १३ गतेदेखि सङ्घीय संसद्को बैठक अवरुद्ध हुँदै आएको थियो । उक्त अवरोध खुलाउन भन्दै माओवादीले शुक्रबार एमालेसँग दुई बुँदे सहमति गरेको छ ।

उक्त सहमतिमा अख्तियारले छानबिनका लागि माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने र अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ ।

सो सहमति देश र जनताको बृहत्तर हितको निम्ति भएको प्रचण्डको तर्क छ । तर, आम सर्वसाधारण र स्वयम् माओवादी समर्थकहरूले उधारो सहमति, लज्जास्पद सहमति वा गर्नै नहुने सहमति भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाइरहेका छन् । सहमतिपछि शुक्रबारदेखि संसद् चलेको छ भने प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने गृहमन्त्रीको राजीनामा आउनुपर्ने र छानबिन समिति निर्माण हुनुपर्ने मागलाई यथावत् राखेको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण
फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

ताजा समाचार

सबै

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ३.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.