Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • ९. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • १०. मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता

चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता
चितवन । भरतपुर–७,
कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शुक्रबार ‘टेडएक्स इभेन्ट’को आयोजना गरिएको छ । काठमाडौँ उपत्यकाबाहिर नेपालमै पहिलोपटक विद्यालयस्तरमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । प्रविधि, मनोरञ्जन र डिजाइन (टेड) एक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वव्यापीरूपमा प्रचारयोग्य नवीन विचारहरूको प्रचार गर्दछ । यसले विश्वभरबाट १८ मिनेट वा सोभन्दा कम अवधिका विषयविज्ञ तथा आविष्कारकहरूका प्रेरणादायी विचारहरूको प्रचार–प्रसार गर्दछ । अङ्कुरम् एकेडेमीका करिब चार दर्जन क्लबहरूमध्ये ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ टेडसँग सहकार्य गर्ने एउटा क्लब हो ।

कुनै एउटा मञ्चको कल्पना गरौँ त, जहाँ मानिसहरू स्टेजमा आउँछन् तर नाच्न वा गीत गाउन होइन । उनीहरू आफ्ना शक्तिशाली विचारहरू बाँड्न आउँछन् जुन विचारले हाम्रो सोच्ने तरिका, जीवन जिउने तरिका र दैनिक काम गर्ने तरिका परिवर्तन गर्न सक्छन्– टेडएक्स भनेको ठ्याक्कै त्यही हो ।’ अझै सहज तरिकाले भन्नुपर्दा ‘यो एक स्वतन्त्ररूपमा संगठित स्थानीय कार्यक्रम हो जुन टेडद्वारा इजाजतपत्र प्राप्त छ, जहाँ वक्ताहरूले छोटो तर शक्तिशाली भाषणको रूपमा प्रचार गर्न लायक विचारहरू बाँड्छन् ।’

सात जना वक्ताको प्रस्तुती रहेको कार्यक्रममा पहिलो वक्ताका रूपमा ‘कारखाना’का सिइओ पवित्रबहादुर गौतम निम्त्याइएका थिए । उनले ‘द नेसेस्सरी पेन’बारे आफ्ना अनुभव प्रवाह गरेका थिए । उनले मानिसले जीवनमा दुई किसिमका दुःख (पीडा) भोग्ने गरेको बताए । उनका अनुसार एउटा पीडा नियोजित या योजनाबद्ध हुन्छ भने अर्को आकस्मिकरूपमा आइपर्छ । ‘योजनाबद्ध दुःख या पीडा कसैले पनि सहर्ष स्वीकार गर्दैन तर जसले यसलाई स्वीकार्छ उसले अवश्यंभावी सफलता प्राप्त गर्दछ ।’ ‘परीक्षाको तयारी, नियमित शारीरिक व्यायामलगायतका कार्य नियोजित या योजनाबद्ध पीडा हुन् ।’

त्यस्तै अर्का वक्ता प्रजनन विशेषज्ञ डा. निकिता ढकालले ‘के हामी जैविक घडी रोक्न सक्छौँ ?’ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरिन् । उनले महिलाको डिम्बाशयले निश्चित उमेरसम्म अण्डा उत्पादन गर्ने र ३० वर्षको उमेरसम्म पुग्दा उत्पादन क्षमतामा ह्रास आई सन्तान उत्पादनमा समस्या आउने बताइन् । महिलाले क्यारियर निर्माणलाई फोकस गर्दा विवाह गर्ने सही उमेर ढल्किने र सन्तान प्राप्तिमा समस्या आउने बताइन् । महिलामा अण्डा उत्पादन क्षमता सीमित हुने जैविकरूपमा प्रमाणित तथ्य हो । उनले क्यारियरमा फोकस गर्ने युवतीहरूले उमेर छँदै अण्डा निकाली माइनस १२५ डिग्रीमा संरक्षण गरी क्यारियर सेटल भइसकेपछि बच्चा जन्माउन सकिने बताइन् ।

तेस्रो वक्ताका रूपमा निम्त्याइएका सह–प्राध्यापक तथा ‘बजनेस एन्ड सोसाइटी’ र ‘बिजनेस इथिक्स एन्ड सोसल रेस्पोन्सिबिलिटीस’ का लेखक कृष्ण खनालले ‘छोराछोरीको प्राथमिकतामा परिवर्तन ः छोराबाट छोरीमा’ विषयबारे बोलेका थिए । उनले छोरा जन्मिँदा त्यसको श्रेय बाबुले पाउने तर छोराको आशमा छोरी जन्मिँदा त्यसको कमजोरी महिलाको भागमा पर्ने समयको चर्चा गर्दै पछिल्लो समय त्यसको ‘ट्रेन्ड’ चेन्ज भइसकेको बताउँदै अहिले सिङ्गल चाइल्डको कन्सेप्टमा विश्वास गर्ने दम्पतीको रोजाइमा पनि छोरी रहने गरेको बताए । ‘महिलाको सहनशक्ति धेरै हुन्छ, उनीहरूको सिक्ने क्षमता बढी हुन्छ र उनीहरू कम आक्रामक हुन्छन्, त्यसैले सिङ्गल चाइल्डको चाहना गर्ने दम्पत्तीको रोजाइमा छोरी पर्छन्’, उनले भने ।

त्यस्तै अर्का वक्ता प्रशिक्षक सौरभ लोहनीले ‘द हिडन कस्ट अफ सक्सेस’बारे बोल्दै सफलताको मापन अप्ठेरो हुने बताउँए । विश्वमा ९० प्रतिशत मानिसले साप्ताहिकरूपमा ५० घन्टा काम गर्ने गरेको र नेपालमा भने करिब ६० घन्टा काम गर्ने पाइएको बताए । काम गर्ने यो समय भनेको धेरै हो । बढी काम गर्नुपर्ने समस्याले मानिसमा डिप्रेसन, एन्जाइटी र चिन्ता बढाउने र त्यसले मानिसको मृत्यु छिटो हुने गरेको बताए । सफलताको एउटै सूत्र समयको सदुपयोग भएको बताउँदै उनदे समयको सदुपयोगले मानिस सफल बन्ने र सफल हुनुको सूत्र धनसम्पत्ति मात्र नभएको बताए । उनले आफ्नो परिवारसँगै बसेर जीवनयापन गर्न पाउनु अहिलेको समयमा ठूलो कुरा भएको बताए ।

अर्की वक्ता मनोपरामर्शदाता सुधा सुवेदी ‘अनबिकम ः कमब्याक टु ट्रु यु’बारे बोलेकी थिइन् । उनले आफू १६ वर्षको उमेरमा स्कुल बसचालकबाट यौन हिंसामा परेको तर त्यसलाई सहेर नबसी त्यसविरुद्ध आवाज उठाएको बताइन् । हिंसाविरुद्ध आवाज उठाएको हुनाले आफूले १८ वर्षको उमेरमै गैरसरकारी संस्थामा संस्थापक सदस्यको रूपमा काम गर्ने मौका पाएको र २२ वर्षको उमेरमा ६० हजार सहभागीको अगाडि अन्तर्राष्ट्रिय मञ्चहरूमा वक्ताका रूपमा सहभागिता जनाउने मौका पाएको बताइन् । उनले हिंसा सहनु हिंसा गर्नुभन्दा ठूलो अपराध भएको बताइन् ।

त्यस्तै अनम्याथ स्कुलका सहसंस्थापक तथा म्याथ स्टोरी टेलर दिवेस भतिजा ‘लेट्स एक्सपिरियन्स म्याथ’ विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । भतिजाले मानव जीवनको हरेक मोडमा गणितको महत्त्व रहेको बताए । उनले गणितबिना कुनै कुराको पनि कल्पना गर्न नसकिने बताए । आकाशमा उड्ने विमान, सडकमा गुड्ने गाडी र गाडी गुड्ने बाटोमा पनि गणित पाइने बताए । ‘गणित संख्याहरूको साक्षरता र व्यक्त गरिने शैली हो’, ‘गणित हाम्रो दैनिक जीवनमा यत्रतत्र सवत्र छ’, उनले भने ।

कार्यक्रमका अन्तिम वक्ताका रूपमा निम्त्याइएका वक्ता मेरो किनमेलका सिइओ सन्तोष कँडेल ‘डेलिभरिङ्ग ह्याप्पिनेस’ (खुसी बाँड्दै …) शीर्षकमा बोलेका थिए । उनले आफू अध्ययनका लागि चीन गएको र सो समयमा त्यहाँ चल्ने अनलाइन किनमेललाई आफूले चितवनमा कार्यान्वयन गरेको बताए । चितवनमा अनलाइन बिजनेस सुरु गरेपछि आएको कोभिडले पाठ पढाएको बताउँदै ‘पढ्दै कमाउँदै’को कन्सेप्टले आफूलाई प्रेरित गरेको बताए । आफूकहाँ काम गर्ने कर्मचारीले ‘मैले तलब बुझेर आज कलेजको शुल्क भुक्तानी गरेँ’ भन्दा साँच्चिकै मलाई पनि खुसी मिल्छ, उनले भने ।

१८ मिनेट वा सोभन्दा कम अवधिका आजको मञ्चमा व्यक्त यी विचारहरू जीवन बदल्न सक्षम रहेको इजाजतवाला मुख्य आयोजककर्ता साजन अधिकारीले बताए । ‘सुनौँ, सिकौँ र नेतृत्व गरौँ’ भन्ने मर्मका साथ आयोजित टेडएक्समा वक्ताहरूले आफूले भोगेका प्रेरणादायी अनुभवलाई विचारको रूपमा प्रस्तुत् गरेका थिए । टेडएक्स अङ्कुरम् एकेडेमी युथ विश्वव्यापी संस्था टेडद्वारा निर्धारित नियमहरू पालना गरी स्वतन्त्ररूपले कार्यक्रमहरू आयोजना गर्ने स्थानीय संस्था हो । कार्यक्रममा अर्जुन जी शर्माले सहआयोजककर्ता, कमल केसी र ई. तेजप्रसाद अर्यालले सञ्चार व्यवस्थापक, नवराज रेग्मीले रचनात्मक मामिला प्रमुख र सुमन पौडेल संरक्षककोको भूमिका निर्वाह गरेका थिए ।
विभिन्न विद्यालयका हेड ब्याय, हेड गर्ल र एक जना शिक्षक प्रतिनिधि गरी एक सय जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहआयोजक अर्जुन जी शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत तथा समापन टिप्पणी संरक्षक प्राचार्य सुमन पौडेलले गरेका थिए ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन
चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता
दुई हजार एक सय जना एमालेमा प्रवेश

ताजा समाचार

सबै

‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

दुई हजार एक सय जना एमालेमा प्रवेश

हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ६.
    नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.