काठमाडौं, ३० जेठ –
विपद्सँग सामना गर्नका लागि बेलौरी नगरका युवा स्वयंसेवकलाई तालिम दिन लागिएको छ। बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाले विपद् प्रतिकार्यका लागि नगरका युवाहरुलाई स्वयंसेवक तालिम दिन लागेको हो । बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले गत मंगलबारदेखि एक हस्ते तालिम सचालन गरिएको बताए ।
उनका अनुसार नगरका १० वडामध्ये पहिलो चरण अन्र्तरगत बढी विपद् प्रभावित २, ५, ६, ८ र १० वडाहरुका १० जनाका दले ५० जनालाई तालिम दिन लागेको बताए । दोस्रो पटक बाँकी वडाहरुका स्थानीय युवाहरुलाई तालिम लिने बताए। तालिममा वाढी, डुवान, कटान, आगलागी, भुकम्प सहितका विवित प्रकृतिका विपद् पुर्व तयारी, विपद्का बेला उद्दारदेखि विपद् पश्चात पुर्नस्थानाका विषयमा प्रशिक्षण दिन लागेको बताए।
सशस्त्र प्रहरी बलले प्रशिक्षण दिन लागेको बताए । सशस्त्र प्रहरी बल ३५नम्बर गणका इन्चार्ज एसपी लोकेन्द्र भट्टले विपद् प्रतिकार्यका लागि समुदायकै युवाहरुलाई तालिम आवश्यक रहेकोे औल्याए। बेलौरी नगरका मेयर पोतिलाल चौधरीले सबै प्रकृतिका विपद, प्रकोपबाट मानविय तथा भौतिक क्षति रोक्नका लागि सामुदाय स्तरबाटै तालिम संचालन गर्न लागेको बताए ।
मेयर चौधरीले विपद् प्रतिकार्यदेखिका कार्यमा समुदाय सक्षम बनाउन तालिम दिन लागेको बताए । मेयर चौधरीले तालिममा सिकेका विषयबस्तु विपद्का बेला व्यवहारिक कार्यान्वयन गर्न समेत आब्हान गरेका छन । आगामी बर्षहरुमा टोल स्तरमा समेत तालिम दिएर विपद् प्रतिकार्यात्मक कामकाज सहज बनाउने बताए । पहिलो पटक विपद् व्यवस्थापन तालिम पाएपछि स्थानीय युवाले आगामी दिनमा विपद् प्रतिकार्यमा खटिने अनुभव व्यक्त गरेका छन् ।








