काठमाडौं, ३० जेठ –
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन मार्फत अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । ७३२ मत सहित उनी विजयी हुँदा प्रकाश पौडेलले ७२५ मत पाए ।
१५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।
अध्यक्षमा डा. सुजनक कडरिया निर्वाचित हुँदा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा दिपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।