२८ जेठ, काठमाडौं ।
सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको छ।
पाठकलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनीमाथि कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको आरोप लगाएको भन्दै साइबर अपराधको उजुरी परेको थियो।
पाठकले युट्युब च्यानलमा ‘टफ टक’ मा हिल्टन होटल खरिदबारे सामग्री प्रसारण गरेका थिए, जसमा होटल शंकर ग्रुप र अन्य व्यापारीको संलग्नताको आरोप लगाइएको थियो।
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् ।
पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो ।
होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए ।







