Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

बुढीगण्डकी आयोजनामाथि ‘धोका’ : पीपीपीको सरकारी तरबारले अन्योल

काठमाडौँ जेठ २८-
राष्ट्रिय गौरवको सूचीमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना थप अनिश्चित बनेको छ । १२०० मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना आफ्नै लगानीमा बनाउने यसअघिको निर्णयबाट पछि हट्दै सरकारले सार्वजनिक निजी साझेदारीमा बनाउने घोषणा गरेसँगै आयोजनाको भविष्यमाथि थप प्रश्न खडा भएको हो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यो आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्ने उल्लेख गरेको छ । बजेटको बुँदा नम्बर २२४ मा भनिएको छ, ‘बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ । यस आयोजनामा सरकारले गरेको लगानीलाई शेयरमा परिणत गरिनेछ ।’

बजेटको घोषणासँगै दशकौँदेखिको यसको निर्माण प्रक्रियाबारे सरोकारवालाले नयाँ आशङ्का व्यक्त गर्दै आएका छन् । खासगरी आयोजना प्रभावित गोरखा तथा धादिङका स्थानीयवासी र सरोकारवालाले यसको विरोध गर्दै आएका छन् । बजेटको व्यवस्थाबारे टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यो कदमलाई ‘राष्ट्रिय गौरवको आयोजनाको हत्या’को संज्ञा दिएका छन् ।

आयोजनामा दर्जनौं उतारचढाव
बुढीगण्डकी आयोजनाको चर्चा सुरु भएको चार दशकभन्दा धेरै समय भइसकेको छ । सन् १९८४ मा पहिलो पटक यो आयोजनाको सम्भाव्यता अध्ययन गरिएको थियो । सन् २०१२ देखि २०१४ सम्म दुई वर्ष लगाएर फ्रान्सेली कम्पनी ट्य्राक्टबेल इन्जिनियरिङले यसको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । यो अध्ययनले आयोजनालाई प्राविधिक रूपमा सम्भव र आर्थिक रूपमा निकै आकर्षक रहेको उल्लेख गरेको थियो ।

योसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरू यो आयोजना हात पार्न लागेका थिए । खासगरी छिमेकी राष्ट्रहरू भारत र चीनका कम्पनीहरूबिच यो आयोजना हात पार्ने विषयमा प्रतिस्पर्धा नै चल्यो । राष्ट्रिय महत्वको यो आयोजना विदेशी कम्पनीलाई दिने निर्णय गर्दा सरकारहरू आलोचनाको सिकार बन्नुपरेको अवस्था थियो ।

तर, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको कार्यदलले उक्त आयोजनालाई नेपालकै लगानीमा बनाउनसक्ने निष्कर्षसहितको कार्ययोजना प्रस्तुत ग¥यो । त्यसपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्ययोजना बमोजिम आयोजनाको लागि स्रोत जुटाउन पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने निर्णय गरेका थिए । निकै प्रशंसा गरिएको सरकारको यो निर्णयबाट हालसम्म करिब १ खर्ब रुपैयाँ सङ्कलन भइसकेको छ ।

उक्त निर्णयपछि पनि आयोजनामा हुने चलखेल रोकिएन । ओली सरकारपछि आएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यो आयोजनालाई बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवा ग्रुप अफ कम्पनी (सीजीसीसी) लाई दिने निर्णय गरेको गर्‍यो । यो निर्णयलाई पूर्व प्रधानमन्त्री भट्टराई आयोजनाको घाँटी रेट्न सुरु भएको समयको रूपमा अर्थ्याउँछन् । भट्टराई भन्छन्, ‘२०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/८३ को बजेटमार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ ।’

प्रचण्ड सरकारको यो निर्णयलाई त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ को कात्तिकमा उल्ट्याएको थियो । योसँगै उक्त आयोजना स्वदेशी लगानी र प्रविधिमै बनाउन नीतिगत निर्णयको पूर्ववत अवस्थामा फर्किएको थियो । यसको ६ वर्षसम्म हरेक वर्षजस्तो आयोजना अघि बढाउने भनेर बजेटमा उल्लेख हुँदै आयो तर कार्यान्वयन भएन । चालु वर्षको बजेट यसलाई परिमार्जन गरी पीपीपी मोडलको अवधारणा अघि सारिएको हो ।

यस्तो छ आयोजना ‘ब्लुप्रिन्ट’
गोरखा र धादिङका गरी साबिकका २८ वटा गाउँ विकास समितिलाई प्रभावित गर्ने उक्त आयोजना १२०० मेगावाट क्षमताको रहेको छ । आयोजनाको प्रभावमा परेका ८० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

जलाशययुक्त आयोजनाबाट वार्षिक झन्डै ३ अर्ब युनिट विद्युत् उत्पादन हुने अनुमान छ । यसमा जुनसुकै समय र सिजनमा पनि बराबर विद्युत् उत्पादन हुन्छ । जबकि अहिले ३६०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा सुख्खा याममा मुस्किलले ११०० मेगावाट बिजुली उत्पादन हुन्छ । अर्थात्, सुख्खा याममा अहिलेसम्म उत्पादन भएको सम्पूर्ण विद्युत् बराबरको बिजुली यो आयोजनाले उत्पादन गर्न सक्छ ।

अहिले नेपालमा ६० मेगावाट क्षमताको कुलेखानी बाहेक अरू आयोजना छैन । ६० मेगावाटले अल्पकालीन माग धान्न सहयोग गरे पनि यसले लोडसेडिङ अन्त्य तथा ट्रिपिङको समस्या समाधानमा सहयोग गर्न सकेको अवस्था छैन । यो अवस्थामा आयोजनाबाट उत्पादन हुने बिजुलीले बिजुली आयात तथा बिद्युत् लोडलाई कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

आयोजनाले विद्युत् उत्पादन मात्रै नभएर पर्यटन र सिँचाइमा समेत ठुलो सहयोग पुर्‍याउने देखिएको छ । पोखराको फेवाताल भन्दा १५ गुणा ठुलो जलाशय बन्न जाने भएकोले यो आयोजना बनेपछि बन्ने विशाल तालले तल्लो तटीय क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न मद्दत गर्नेछ । यसबाट बन्ने विशाल मानवनिर्मित तालले मत्स्यपालन तथा होटल, रिसोर्ट, जल विहार जस्ता पर्यटकीय पूर्वाधारको विकास गर्ने र यसले ठुलो आर्थिक अवसर सिर्जना हुने विस्तृत सम्भाव्यता अध्ययनको निष्कर्ष छ । २४ जिल्ला भएर जाने पुष्पलाल मध्यपहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्मका मुलुकका मुख्य मुख्य ठाउँहरू तथा उत्तर दक्षिण कोरिडोरले उत्तरमा चीन र दक्षिणमा भारतसँग यो क्षेत्रलाई जोड्ने भएकाले बुढीगण्डकी कोरिडोरले समेत मुलुकको एक गतिशील आर्थिक केन्द्र र हरित विकासको मोडेलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पूर्व प्रधानमन्त्री भट्टराईको टिप्पणी छ ।

आयोजना निर्माणमा किन आलटाल गर्दै छ सरकार ?
सरकारले आयोजनाको लागतको विषयलाई लिएर उक्त आयोजना निर्माणमा आलटाल गरिरहेको छ । २०१४ सालमा भएको विस्तृत सम्भाव्यता अध्ययनले आयोजनाको निर्माणका लागि करिब २ अर्ब ६० करोड अमेरिकी डलर लागत अनुमान गरिएको थियो । यो लागत अहिले बढेर साढे ३ देखि ४ खर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । धेरै लागत पर्ने र त्यो बनाउन सरकारसँग पर्याप्त बजेट नभएको भन्दै सरकारले आयोजनामा हालसम्म आफूले गरेको खर्चलाई शेयरमा रूपान्तरण गर्नेगरी निजी क्षेत्रलाई दिने तयारी गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल स्रोत व्यवस्थापनकै समस्याले आयोजनालाई सार्वजनिक निजी साझेदारीमा लैजान लागिएको टिप्पणी गर्छन् । रातोपाटीको जिज्ञासामा उनले लागत, प्रतिफल, स्रोत लगायत सबै कुराको विश्लेषण कुन ढाँचामा आयोजना निर्माण गर्ने भन्ने निर्णय गर्ने उनको भनाइ छ । अर्थमन्त्रीको यो भनाइले सरकार अहिले पनि आयोजना निर्माणको विषयमा अन्यौलमा नै रहेको देखिन्छ ।

सरकारको पछिल्लो कदमबाट सरोकारवाला तथा स्थानीयवासी भने आक्रोशित भएका छन् । सरकारले पेट्रोलियम करमार्फत् स्वदेशी लगानीको आधार बनाइसकेको अवस्थामा करलाई अर्कै शीर्षकमा सामान्य खर्च ट्रेजरीबाट खर्च गर्ने व्यवस्था गरेको र अहिले आएर फेरि मोडालिटी र स्रोत व्यवस्थापनको कुरा गर्नुले सरकारको नियत र आयोजनाप्रतिको सरकारी प्रतिबद्धतामाथि नै प्रश्न उठेको उनीहरूको आरोप छ ।

Chitwan Aaja चितवन आज
बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने
सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप
अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

ताजा समाचार

सबै

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

२७ मिनेटमै सकियो बैठक : रवि लामिछानेले खर्चिएनन् समय, समर्थक लम्सालले पनि लामो बोलेनन्

सभामुख अर्यालको शपथ ग्रहण आजै

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.