चितवन, जेठ २७–
अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ ।
भोलिदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयहरुमा सार्वजिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । महानगरले यसअविधमा बालबालिकाहरुलाई दिउँसोको समयमा घरबाहिर हिडडुल नगर्न, नदी पोखरीहरुमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकहरुमा अनुरोध समेत गरेको छ ।
चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।







