काठमाडौं जेठ
जन्मदिनमा पपगायक निमा रुम्बाले आगामी गीत ‘संगीतप्रेमी’को टिजर सार्वजनिक गरेका छन् । सामाजिक संजालबाट उनले नयाँ गीतको अडियो टिजरसहित पोस्टर पनि ल्याएका छन् ।
‘तपाईंहरू सबैलाई यो छोटो टिजर सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरिरहेको छु’ उनले लेखेका छन्, ‘ आज यही अवसरमा तपाईंहरू सामु म खुसीका साथ मेरो अब आउने नयाँ गीत ‘संगीतप्रेमी’को सानो टिजर लिएर आएको छु । तपाईंहरू सबैको निरन्तर साथ, समर्थन अनि मायाप्रेमको लागि धन्यवाद ।’
रुम्बाको जन्मदिन गतसाता हो ।
पछिल्लो समय अमेरिकामा बस्दै आएका निमाले सन् २००७ यता धमाधम एकल ट्रयाक रिलिज गरिरहेका छन् । सन् २०२० मा ‘यस्तै नै होला’, सन् २०२३ मा ‘महासागर’, सन् २०२४ मा ‘पागलप्रेमी २’ ल्याएका थिए । ‘संगीतप्रेमी’ सन् २०२५ को पहिलो एकल गीत हुनेछ ।
सन् ९० को दशकका यी चर्चित पपगायकले हुरी बतास, लोलिता, फेथ, प्राइड, रंगाऊ कि मजस्ता चर्चित एल्बम रिलिज गरेका छन् । सन् २०२४ मा उनले अमेरिकाको लस एन्जलस र नेपालको पोखरामा सांगीतिक प्रस्तुति समेत दिएका थिए ।








