Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

चितवन, २६ जेठः
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा क्षति पु¥याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ ।

विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो । करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोड्को हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौंँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ ।

गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पु¥याएको हो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । हाल बर्षायात्रम सुरु भैसकेकाले उक्त राजमार्गले कति ठूलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन । काभ्रेपलाञ्चोक तर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएको छ ।

गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ । यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो । सडक विभागले तयारी पनि गरेको छ, तर वर्षात्ले काम सुरु गर्न मुस्किल बनाइरहेको छ । सडक विभागको अध्ययन प्रतिवेदनअनुसार अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै रु १० अर्ब लाग्नेछ । त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, जहाँ नयाँ ट्रयाक बनाउनुपर्ने देखिन्छ । भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाधरुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन् । बेलाबखत प्रहरीले जाँच गरे पनि नियमिति रुपमा अनुगमन हुन सकिरहेको छैन । यसको फाइदा ट्रिपर व्यवसायीले उठाउँदै आएका छन् । सङ्गठित रुपमा ट्रिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पारिहरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना–ठूला गरी दैनिक तीन हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रो बस बढी सञ्चालन हुने गरेका छन् ।

यसैबीच गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले विपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको सडकलाई चारखण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएपछि सकारात्मक देखिएको कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेंसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनीयर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार बिपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चित भएको छ । त्यस बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि रु एक अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ ।

बर्खेखोलादेखि डालाबेँसीसम्मको ५ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जाइकासँग छलफल भएअनुसार जाइकाले स्थलगत अध्ययन गरिरहेकाले यस सडकखण्ड पुनःनिर्माणका लागि जापान सरकार करिब तयार जस्तै देखिएको इन्जिनीयर योगेशले बताउनुभयो । “यस सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले यस खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,” उहाँले भन्नुभयो ।

यस सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल ९सुरुङमार्ग० बनाउन सकिने उहाँको भनाइ छ । उहाँले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताउनुभयो । यस्तै क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।

हाल बिपी राजमार्गको यस सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ । योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उहाँको भनाइ छ । “वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउने लगायतको अस्थायी काम सक्नेछौँ”, उहाँले भन्नुभयो ।

यसैबीच बीपी राजमार्गको डालाबेसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ । सरकारले चार वटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो । सडक विभागका इन्जिनीयर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने÷नगर्नेबारे टुङ्गो भने लागेको छैन । यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो ।
जाइकाले अध्ययन गरेपनि क्षतिग्रस्त सडकखढड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीन खण्डको ठेक्का आह्वान गरिसकेको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट विपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किमी सडक० निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौंँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन
संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने
सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

ताजा समाचार

सबै

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

अबदेखि शनिबार र आइतबार सरकारी बिदा : मन्त्रिपरिषद् बैठकले अरु के के निर्णय गर्‍यो ? (सूचीसहित)

इरानमा हराइरहेका अमेरिकी सैनिकको सफल उद्धार गरिएको ट्रम्पको उद्घोष

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.