Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ११, २०८२
☰
Logo आइतबार, माघ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ८. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

एक महिनापछि राइड सेयरिङको नियम लागु हुन्छ : मुख्यमन्त्री पाण्डे

२५ जेठ काठमाडौँ,
गण्डकी प्रदेश सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलमा राइड सेयरिङको व्यवस्था पनि प्रमुख विषय बन्यो । अन्य विषयमा फरक मत देखिए पनि राइड सेयरिङ कार्यान्वयन गर्ने सन्दर्भमा भने सबै सांसद एकै ठाउँमा उभिए ।

प्रतिपक्ष दल नेकपा माओवादीले अन्य बुँदामाथि प्रश्न उठाए पनि राइड सेयरिङ व्यवस्थित हिसाबले सञ्चालन तथा नियमन गर्ने व्यवस्थाप्रति ऐक्यबद्धता जनायो ।

सबै सांसदले सरकारको कदमप्रति धन्यवादमात्रै दिएनन्, सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई खुट्टा नकमाउन आग्रहसमेत गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि छलफलमा उठेका विषयलाई सम्वोधन गर्दै उभिएका मुख्यमन्त्री पाण्डेले सबै सांसदहरूलाई धन्यवाद दिँदै आफ्नो आत्मबल बढेको बताए ।

उनले कुनै पनि हालतमा सरकार पछि नहट्नेमा जोड दिए ।

राइड सेयरिङलाई कानुनी रुपमा व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री भनाइ थियो । ‘कार्यान्वयनमा लैजान एक महिनाका लागि स्थगित गरेका छौं । तर, यो कार्यान्वयनमा जान्छ, यो लागु हुन्छ र यही १ महिनापछिबाट यो राइड सेयरिङ नियमावली अनुसारको प्रक्रिया सुरु हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।

संघले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सांसदहरुले संसदमा आवाज उठाएका थिए । यस विषयमा मुख्यमन्त्री पाण्डेले हस्तक्षेपका रुपमा लिए पनि हुने र समन्वय, सहकार्यका हिसाबले हेरे पनि हुने बताए ।

एक महिनाका लागि संघीय सरकारको आग्रहलाई मानेर सहकार्य गरेका उनको भनाइ थियो ।

‘एक किसिमबाट हेर्ने हो भने हस्तक्षेप भएको हो । हामीले बनाएको नियम, कानवुनलाई किन स्थगन गर भनेको हो ? ठिक कुरा हो । हस्तक्षेप भएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘संविधानमै पढौं भने पनि के लेखेको छ ? तिनै वटै सरकारबीच समन्वय र सहकार्य हुने छ । त्यो पनि भनेको छ । सहकार्य गरेको हो तर कदमबाट सरकार पछाडि हट्दैन ।’

त्यसअगाडि प्रदेशमा मात्रै होइन, संसारैभरि राइड सेयरिङ अगाडि बढिसकेको माओवादी संसदीय दलका नेता तथा पूर्व यातायात मन्त्री हरिबहादुर चुमानले बताएका थिए । राइड सेयरिङ हिजोदेखि नै अवैधानिक हिसाबले चलिराखेकाले नियमावली बनाएर प्रदेशको राजस्वसमेत बढाउने गरी नियमन गर्नु जायज भएको चुमानको भनाइ थियो ।

‘नियमावली आउनेबित्तिकै यातायात व्यवसायीले आन्दोलन गर्नुभो । आन्दोलन देशव्यापी गराउने कोसिस गर्नु भो । म चाहिँ के भन्छु भने यातायात व्यवसायीलाई पनि प्रदेश सक्षम पनि छ उहाँहरुसँग वार्ता, सहमति गर्नका लागि र निकास निकाल्नका निम्ति, हुन पनि पर्छ,’ चुमानले जोड दिएर भने, ‘तर, यही आन्दोलनलाई बाहाना बनाएर संघ सरकारले हाम्रो एकल अधिकार सूचीमा भएको, प्रदेशभित्रको यातायात व्यवस्थापन र नियमन गर्ने अधिकार, हाम्रो जिम्मेवारीमाथि हस्तक्षेप हुन पुगेको छ, त्यो अमान्य घोषित गर्दछु ।’

प्रदेशको एकल अधिकारको क्षेत्रमा संघको हस्तक्षेप हुन नहुने माओवादी प्रमुख सचेतक कुसुम बुढामगरको पनि भनाइ छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैद्यानिक गराएर युवालाई रोजगारी दिने र प्रविधिबाट सेवा दिने कुरालाई सघाउने नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेको भनाइ थियो ।
नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राइड सेयरिङ नियमावली ल्याएकोमा धन्यवाद दिँदै खुट्टा नकमाउन आग्रह गरे ।

‘हरेक नयाँ सुरुआतमा यस्तो हुन्छ । स्वार्थहरू अगाडि आउँछन् । तर, हामी अगाडि बढ्ने हो । युवासँग जोडिएको कुरा हो, टेक्नोलोजीसँग जोडिएको कुरा हो यो, यसबाट खुट्टा कमाउनु हुँदैन,’ नेपालीले भने ।

राइड सेयरिङको नियमावली समय सान्दर्भिक भएको पूर्वमन्त्री तथा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताए ।

‘तर, विषम परिस्थितिमा सहयोग गर्दै आएको सार्वजनिक यातायात व्यवसायीसँग सहकार्य, समन्वयबाट समस्याको समाधान गर्नुपर्छ,’ तमुले भने ।

राइड सेयरिङलाई मान्यता दिँदै नियमावली जारी गरेपछि यातायात व्यवसायीले देशभर हड्ताल गरेका थिए ।

संघीय सरकारसँग भएको सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदले एक महिना स्थगन गर्न आग्रह गर्दै गण्डकीमा पत्र पठाएको थियो । त्यही पत्रको आधारमा जेठ २० गते गण्डकी प्रदेशले १ महिनाका लागि नियमावली कार्यान्वयन स्थगित गर्दै व्यवसायीलाई वार्ताका लागि आह्वान गरेको छ ।

 

Chitwan Aaja चितवन आज
आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बालेनद्वारा पब्लिक डिबेट अस्वीकार,ओेलीलाई दिए यस्तो जवाफ
देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

ताजा समाचार

सबै

बालेनद्वारा पब्लिक डिबेट अस्वीकार,ओेलीलाई दिए यस्तो जवाफ

देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

‘जेन्जेड रेड फोर्स नेपाल’ निर्वाचन परिचालन समितिको केन्द्रीय संयोजकमा सुरज परियार चयन

चितवन ३ मा एमालेका उम्मेद्वार शंकर थपलियाले सार्वजनिक गरे प्रतिवद्धता

दुई हजार एक सय जना एमालेमा प्रवेश

हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

गगन भन्छन्, आँट गरेर मधेश झरेँ, काठमाडौं ४ मा सजिलै चुनाव जित्थेँ

पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे ? जनता जान्न चाहन्छन्

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः महेश बस्नेत

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.