काठमाडौं जेठ २५ जेठ,
विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।
यसैबीच शीर्षस्त नेताहरूबीच पनि संसद्को अवरोध खुलाउनेबारेमा छलफल भइरहेको हो ।
सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







